हिउँले सजिएको ताप्लेजुङ (तस्विरहरू)



हाम्रो इकोनोमि

 

बुधबार दिउँसो सामान्य वर्षा संगै हिउँ झरे पछि ताप्लेजुङका उच्च हिमाली क्षेत्र सेताम्मे बने । बुधबार दिनभरजसो वर्षा संगै हिउँ परे पनि बिहिबार विहानै देखि मौषम खुलेकाले सेताम्मे बनेका वरीपरीका हिमाल सदरमुकामबाटै स्थानीयले राम्रो संग अवलोकन गर्न पाए ।

कतिपय भने हिउँ खेल्न सदरमुकामबाट नजिकै पर्ने सुकेटार भन्दा माथीका विभिन्न क्षेत्रमा निस्किए । कोहि विहानै मोटर साईकलमा त कोही साना गाडी रिजर्भ गरेर सुकेटार हुँदै पाथीभरा क्षेत्र सम्म पुगे ।

पाथीभरा मन्दिर लगायत आसपासका क्षेत्र हिउँले पुरै ढाएिका थिए । हिउँले ढाकिएका क्षेत्रमा पुग्दा स्वर्गकै अनुभुति भएको भन्दै पर्यटकहरु हिँडडुल गरिरहेका थिए । नभन्दै हिउँ परे पछि ताप्लेजुङ निकै सझिएको देखिन्छ ।

पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटी, माथिल्लो फेदी, पाथीभरा मन्दिर सम्म हिउँ खेल्नका लागि आन्तरिक पर्यटकहरुको निकै चहलपहल थियो । हिउँ पर्ना साथ हिउँ खेल्नका लागि पाथीभरा क्षेत्र निकै सहज छ । सो क्षेत्र सम्म यातायातको पहुँच भएकाले पनि हिउँमा रमाउने र हिउँ खेल्नेहरुका लागि सहज बनेको हो ।

 

पाथीभरा क्षेत्रबाट नै यहाँका उच्च हिमाली क्षेत्रलाई अबलोकन गर्न पाईने भएकाले पनि यो क्षेत्र सबैको रोजाईमा पर्छ । यो पटक सहित ताप्लेजुङमा तीन पटक हिमपात भएको छ । यस अघि सुकेटार सम्म नै हिउँ परेको थियो । तर यो पटक भने करिब २५ सय मिटर माथी मात्र हिउँ झ¥यो । हिमपातले भने किसानलाई केहि राहत पनि पुगेको छ । तर हिमपात संगै चिसो बढे पछि भने यहाँका उच्च क्षेत्रका बासिन्दालाई भने समस्या हुने गरेको छ । ताप्लेजुङमा निकै वर्ष पछि यो पटक तल्लो क्षेत्र सम्म हिउँ परेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...