त्रिपुरेश्वरमा बोरिङबाट पानी निकाल्दा ग्यास खानि भेटियो !



हाम्रो इकोनोमि

 

त्रिपुरेश्वरस्थित भन्सार विभागको कार्यालय प्राङ्गणमा बोरिङबाट पानी निकाल्दा पानीसँगै ग्यास निस्केको छ ।

भन्सार विभागले नयाँ भवन निर्माण गरिरहेको छ । नयाँ भवन निर्माणका क्रमका लागि आवश्यक पानी बोरिङबाट निकाल्दा पानीसँगै ग्यास निस्केको हो ।

भन्सार विभागसँगै रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी उपकार्यकारी निर्देशक इन्दिरा अधिकारीले बोरिङका क्रममा ग्यासको गन्ध आउँदा त्यहाँ उपस्थित व्यक्तिले आगो बालेको जानकारी दिइन् ।

‘बोरिङ गरेर शुरूमा निस्केको फोहोर पानी फाल्ने क्रममा ग्यासको गन्ध आयो,’ उनले लोकान्तरसँग भनिन्, ‘त्यहाँ भएका व्यक्तिहरूले यहाँ त धेरै ग्यास छ कि के हो भनेर आगो लगाउँदा मज्जाले आगो बल्यो ।’

उनले आफू त्यहीँ रहँदा करीब १५ मिनेटसम्म निरन्तर आगो बलेको र त्यसपछि पनि बल्ने क्रममै रहेको बताइन् ।

‘आगो बलेको देख्दा म त्यहाँ १० देखि १५ मिनेटसम्म बसेँ,’ उनले भनिन्, ‘त्यतिञ्जेलसम्म बलिरहेको थियो ।

म आएँ अहिले थाहा छैन बलिरहेको पनि हुनसक्छ ।’ यसअघि करीब दुई वर्षअघि त्रिपुरेश्वरसँगै जोडिएको टेकुमा पनि जमिनबाट ग्यास निस्केको थियो । त्यस्तै ललितपुरको इमाडोल लगायतका क्षेत्रमा जमिनमुनि ग्यास रहेको पुष्टि भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...