पुनर्स्थापना केन्द्रमा सारीरिक यातनापछि सीताराम घिमिरेको मृत्यु, दुई सञ्चालक पक्राउ



हाम्रो इकोनोमि

 

ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनर्स्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ । सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड–४ का ४८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

शेर्पा पुनर्स्थापना केन्द्रका अध्यक्ष र खड्का म्यानेजर हुन् । उनीहरूले केही वर्षदेखि ललितपुर महालक्ष्मीस्थान–४ स्थित सेतीपाखामा वी केयर लागुऔषध पुनर्स्थापना तथा सुधार केन्द्र सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार सुधार केन्द्रमा दोलखा वैतेश्वर–६ नाम्दुका ४३ वर्षीय सीताराम घिमिरेको मृत्यु भएको हो । लागुऔषध सेवनबाट छुटाउन उनलाई परिवारका सदस्यले ३ माघमा पुनस्र्थापना केन्द्रमा भर्ना गरेका थिए । घिमिरेको गत माघ ६ गते मृत्यु भएको हो ।

 

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रले घिमिरेको मृत्यु शंकास्पद देखिएको बताए । ‘घिमिरेको मृत्यु शंकास्पद देखिन्छ । शरीरमा नीलडाम पनि रहेको पाइयो । पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन । अनुसन्धानका लागि दुईजना पक्राउ गरेको छौँ । केही दिनमै तथ्यबाहिर आउला,’ डिएसपी मिश्रले भने ।

 

यता परिवारका सदस्यहरुले भने घिमिरेको मृत्यु नभई हत्या भएको दाबी गरेका छन् । घटना हेर्दा करेन्टको झड्कापछि उनको मृत्यु भएको हुन सक्ने मृतकका भतिज गान्धीवकुमार घिमिरेले बताए ।

 

‘हामीले मृतकको शरीर हेर्यौँ । हातखुट्टा जताततै नीलडाम देखिन्छ । करङ पनि भाँचिएको रहेछ । करेन्ट लगाएर उनको हत्या गरिएको हुन सक्ने हाम्रो अनुमान छ । पोस्टमार्टम रिपोर्ट अझै प्राप्त भएको छैन । हत्या नै भएको किटानीका साथ हामीले जाहेरी प्रहरी कार्यालयमा दर्ता गराएका छौँ । दुईजना समातिएका छन् । तर, घटना के हो अझै प्रहरीले खुलाउन सकेको छैन,’ उनले भने ।

 

गान्धिवकुमारका अनुसार प्रतिमहिना १५ हजार बुझाउने गरी मृतक घिमिरेलाई केन्द्रमा भर्ना गरिएको थियो । सुरुमा केन्द्रले ४५ हजार रुपैयाँ डिपोजिट मागे पनि पछि महिनाको अग्रिम रकम भन्दै १५ हजार रुपैयाँ लिएको थियो । पछिल्लो समय पुनस्थापन केन्द्रमा सेवाग्राहीलाई यातना दिने क्रम बढदै गएको छ ।

 

राजधानीमा स्वाइन फ्लु संक्रमण बढ्यो : एक महिनामा दुई सय १२ जनामा स्वाइन फ्लु

 

राजधानी काठमाडौंमा एक महिनामा दुई सय १२ जनामा स्वाइन फ्लु देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार १७ पुसदेखि ८ माघसम्म ‘इनफ्लुएन्जा एच (एन) पिडिएम (९) का दुई सय १२ बिरामी अस्पताल भर्ना भएका हुन् ।

 

ओम अस्पतालको आइसियूमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ । अर्का एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत पठाइएको ओमका मेडिकल डाइरेक्टर केपी देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...