ज्ञानेन्द्र शाहलाई अध्यक्ष बनाएर एकता गर्ने राप्रपाको तयारी, को को भए सहमत



 

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर जवरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच राजसंस्थाको व्याख्याको विषयमा कुरा नमिपछि ज्ञानेन्द्र शाहलाई अध्यक्ष बनाएर राप्रपाको एकता तयारी भएको बिषेश स्रोतको दाबी छ ।

 

एताको संघारमा पुगेको पूर्वपञ्चहरुको पार्टीमा राजसंस्थाको बिषयले एकता नै बिथोलिएपछि ज्ञानेन्द्र शाहलाई अध्यक्ष बनाएर राजसंस्थालाई मान्ने गरी एकिकरण हुल लागेको हो । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर जवरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच राजसंस्था राखेर ज्ञनेन्द्र शाहलाई नै अध्यक्ष बनाएर एकता गर्ने लगभग टुंगिएको स्रोतको दाबी छ ।

 

तीनवटै राप्रपाबीच गत २६ कात्तिकमा एकता गर्ने गरी मिति घोषणा गरिएको भए पनि राजसंस्था, हिन्दू धर्म र निर्वाचन चिह्नका विषयमा सहमति जुटन नसकेपछि अन्तिम समयमा एकता भाँडिएको थियो । सो बखत राप्रपा संवैधानिक राजसंस्थाको पक्षमा उभिएको थियो भने राप्रपा (प्रजातान्त्रिक) ले भने ठाडै अस्वीकार गरेको थियो ।

 

यद्यपी एकताको गृहकार्य भने जारी रहेको छ । स्रोतका अनुसार एकता प्रक्रियालाई टुंगोमा पुर्याउन राजसंस्थालाई कसरी व्याख्या गर्ने भन्नेमा दुई राप्रपाका अध्यक्ष चरणबद्ध रूपमा छलफलमा बसिरहेका छन् । गत २९ पुसमा समेत दुई अध्यक्षबीच अनौपचारिक छलफल भएको थियो ।

 

तर, राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष राणा संवद्र्धनवादी उदारवादसहित पुराना संस्थाको व्याख्या गरिनुपर्ने पक्षमा उभिएपछि दुई राप्रपाबीचको एकतामा सहमति जुटेको छैन । अध्यक्ष राणाले राजसंस्थाका विषयमा भन्दा पनि पुराना संस्थालाई गरिने व्याख्याका विषयमा आफ्नो पार्टीको फरक दृष्टिकोण रहेको बताए ।

 

‘संवद्र्धनवादी उदारवादसहित पुराना संस्थाहरुको व्याख्या गरिनुपर्छ भन्ने मेरो धारणा हो, एकता प्रक्रियाका लागि पहल जारी छ, निष्कर्षमा पुगेका छैनौं,’ राप्रपा ९प्रजातान्त्रिक० का अध्यक्ष राणाले भन्नुभयो । पछिल्लो समय राणा पार्टीभित्रै घेरावन्दीमा पर्नुभएको छ । दिपक बोहोरा, केशरबहादुर बिष्ट, सुनिल थापालगायतका नेताहरुले नेतृत्व छाडन दवाव दिँदै आउनु भएको छ ।

 

एकता भाँडिन लागेपछि नेता, कार्यकर्ता, शुभेच्छुक र मतदाताहरुबाट समेत एकताका पक्षमा व्यापक दबाब आउन थालेको छ । ‘भिन्न समूहमा रहेका राप्रपाबीचको एकताका लागि नेता, कार्यकर्ता, शुभेच्छुक, मतदाता सबैबाट व्यापक दबाब छ, एकताका लागि बोल्ड अन्डरस्ट्यान्डिङ आवश्यक छ,’ राप्रपा नेताजयन्त चन्दको स्वीकारोक्ति छ ।

 

स्रोतका अनुसार राप्रपाभित्र राजसंस्थासहित महाधिवेशनअघिको अध्यक्ष को हुने भन्नेमा समेत समस्या देखिएको छ । राप्रपा अध्यक्ष थापा तीन राप्रपाबीच एकता महाधिवेशनअघि अध्यक्ष मण्डल बनाएर नेतृत्वका विषयमा सहमति जुटाउने पक्षमा छन् भने अर्का राप्रपा अध्यक्ष राणाले महाधिवेशनअघिको अध्यक्षमा आफूले दाबी गरेको राप्रपाले आरोप लगाएको छ ।

 

कात्तिक २५ गतेको बैठकमा एकताअघि हिन्दू धर्म र निर्वाचन चिह्नका विषयमा देखिएको असहमति पनि सहमतिनजिक पुगेको बताउँछन राप्रपा प्रवक्ता मोहन श्रेष्ठ । तर, राजसंस्थाका विषयमा भने केही फरक मत देखा परेको उनको भनाइ छ । राप्रपा अध्यक्ष थापा भने पार्टीको बटमलाइन संवैधानिक राजतन्त्रलाई बनाएर अघि बढ्नुपर्ने पक्षमा उभिँदै आउनु भएको छ। विगतमा समेत यही विवादका कारण तीन राप्रपाबीच भएको एकता टुटेको थियो ।

 

२५ कात्तिकमा एकता तयारी हुँदा केन्द्रीय समितिदेखि कार्यसम्पादन समिति र विधानका विषयमा समेत लगभग सहमति जुटिसकेको थियो । जसअनुसार केन्द्रीय समिति १८२ सदस्यीय हुने, त्यसमा राप्रपाबाट ८६, राप्रपा प्रजातान्त्रिकबाट ७६ र राष्ट्रवादीबाट २० जना राख्ने सहमति भएको थियो ।

 

यस्तै, कार्यसम्पादन समिति २७ सदस्यीय रहने र त्यसमा समेत राप्रपाबाट १२, प्रजातान्त्रिकबाट १२ र राष्ट्रवादीबाट तीन जना राख्ने सहमति थियो । यस्तै महाधिवेशन अघिसम्म तीनवटै अध्यक्ष रहने गरी अध्यक्षमण्डल बनाउने सहमति थियो ।

२०७३ मंसिरमा पार्टी एकीकरण गरेको राप्रपाले २०७३ फागुनमा एकता महाधिवेशन गरेको थियो । एकीकरणको एक वर्ष नपुग्दै २२ भदौ २०७४ मा राप्रपा पुनः विभाजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
१३ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार

    बिहीबार सेयर बजारको परिसूचक नेप्से १३.९५ अंक बढेको छ । यो

नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

    प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम आउँदो मंसिरभित्र सुरु

एमाले इलाम अधिवेशन, अध्यक्षमा ३ जना आकांक्षी

    नेकपा एमालेको इलाम को ११औँ अधिवेशन आजबाट सुरू हुँदैछ । भोलिसम्म

एमालेको जागरणसभा तयारी, संयोजन समिति गठन

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको जागरणसभा