एमाले इलाम अधिवेशन, अध्यक्षमा ३ जना आकांक्षी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको इलाम को ११औँ अधिवेशन आजबाट सुरू हुँदैछ । भोलिसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । केन्द्रीय उपाध्यक्ष गुरु बरालले उद्घाटन गर्ने अधिवेशनमा ५८७ प्रतिनिधि सहभागी हुने बताइएको छ । कोशीका अन्य जिल्लामा ६ महिनाअघि नै एमालेको नयाँ नेतृत्व चुनिए पनि इलाम क्षेत्र २ को उपचुनावले यहाँको अधिवेशन धकेलिएको थियो । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित १ सय २५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ । नयाँ नेतृत्वका लागि नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका छन् । इलामको नयाँ अध्यक्षका लागि अधिवेशन आयोजक कमिटी अध्यक्ष गणेशप्रसाद बराल, नरेन्द्रनाथ भट्टराई र डा. देवी क्षेत्री दुलाल प्रमुख प्रतिस्पर्धी देखिएका छन् । उनीहरूले नेताहरूसँग लबिङ थालेका छन् । दुलालले आकांक्षा राखे पनि चुनाव भए बराल र भट्टराईबीच प्रतिस्पर्धा हुने देखिएको छ । सहमतिको सम्भावना न्यून रहेको एक नेता बताउँछन् । उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उदयबहादुर राई, वर्तमान सचिव उमेश गुरुङ, सचिवालय सदस्यद्वय बुद्धिप्रसाद खनाल र रमेश राईले उम्मेदवारी दिने बताएका छन् । सचिवमा वर्तमान उपसचिव रवीन्द्र सुवेदी र सचिवालय सदस्य प्रकाश अधिकारीले उम्मेदवारी दिने भएका छन् । उपसचिवमा भने ९ जनाभन्दा बढीको लर्को छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...