एमाले इलाम अधिवेशन, अध्यक्षमा ३ जना आकांक्षी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको इलाम को ११औँ अधिवेशन आजबाट सुरू हुँदैछ । भोलिसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । केन्द्रीय उपाध्यक्ष गुरु बरालले उद्घाटन गर्ने अधिवेशनमा ५८७ प्रतिनिधि सहभागी हुने बताइएको छ । कोशीका अन्य जिल्लामा ६ महिनाअघि नै एमालेको नयाँ नेतृत्व चुनिए पनि इलाम क्षेत्र २ को उपचुनावले यहाँको अधिवेशन धकेलिएको थियो । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित १ सय २५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ । नयाँ नेतृत्वका लागि नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका छन् । इलामको नयाँ अध्यक्षका लागि अधिवेशन आयोजक कमिटी अध्यक्ष गणेशप्रसाद बराल, नरेन्द्रनाथ भट्टराई र डा. देवी क्षेत्री दुलाल प्रमुख प्रतिस्पर्धी देखिएका छन् । उनीहरूले नेताहरूसँग लबिङ थालेका छन् । दुलालले आकांक्षा राखे पनि चुनाव भए बराल र भट्टराईबीच प्रतिस्पर्धा हुने देखिएको छ । सहमतिको सम्भावना न्यून रहेको एक नेता बताउँछन् । उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उदयबहादुर राई, वर्तमान सचिव उमेश गुरुङ, सचिवालय सदस्यद्वय बुद्धिप्रसाद खनाल र रमेश राईले उम्मेदवारी दिने बताएका छन् । सचिवमा वर्तमान उपसचिव रवीन्द्र सुवेदी र सचिवालय सदस्य प्रकाश अधिकारीले उम्मेदवारी दिने भएका छन् । उपसचिवमा भने ९ जनाभन्दा बढीको लर्को छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...