१३ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार



हाम्रो इकोनोमि

 

 

बिहीबार सेयर बजारको परिसूचक नेप्से १३.९५ अंक बढेको छ । यो अंकको वृद्धिसँगै नेप्से २७४८ अंकमा कायम भएको छ । यस दिन १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन ७ अर्ब ९१ करोडको कारोबार भएको थियो । १५९ कम्पनीको मूल्य बढ्दा ७९ को घट्यो भने ६ को स्थिर रह्यो । यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै १.३४ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.२१, बैंकिङ ०.४४, होटल तथा पर्यटन ०.९३, माइक्रोफाइनान्स ०.७७ तथा अन्य समूह ०.६३ प्रतिशत बढे । फाइनान्स ०.०९, लगानी ०.०३, जीवन बीमा ०.०३, उत्पादन ०.३, निर्जीवन बीमा ०.०८ र व्यापार समूह ०.६२ प्रतिशत घटे । तीन कम्पनी गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपरहेवाखोला जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । ङादी ग्रुपको ९.७९, माछापुच्छ्रे बैंकको ९.५६, धौलागिरि लघुवित्तको ८.७ प्रतिशत मूल्य बढ्यो । रावा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.१२ प्रतिशत घट्यो । त्यस्तै कुथेली बुकरी स्मल हाइड्रोपावरको ७.३, पिपुल्स हाइड्रोपावरको ६.०८, सुपरमाइ हाइड्रोपावरको ४.९२, समृद्धि फाइनान्सको ४.३६ प्रतिशत घट्यो । धेरै कारोबार भएका कम्पनीमा जानाकी फाइनान्स, ङादी ग्रुप पावर, समृद्धि फाइनान्स, नेपाल फाइनान्स, पिपुल्स हाइड्रोपावर क्रमश अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...