‘मलाई हृदयघात भएको छैन, म ठिक छु’ : ऋचा शर्मा



हाम्रो इकोनोमि

 

बिहिबार साँझ नायिका ऋचा शर्मालाई हृदयघात भएको खबर एकाएक अनलाइन मिडियामा फैलियो ।

समाचारकै आधारमा उनका शुभचिन्तकले सामाजिक सञ्जालमा शिघ्र स्वास्थ्य लाभको कामना गरे, गरिरहेका छन् ।

नायिका शर्माले भने मिडियामा आएजस्तो आफुलाई हृदयघात नभएका बताएकी छन् ।

नायिका ऋचा शर्मालाई हार्ट अट्याक भन्ने खबर भाइरल भएपछि उनी आफैले फेसबुकमा स्टाटस लेखेर आफ्नो स्वास्थ्य बारे बिहिबार साँझ नै जानकारी गराएकी हुन् ।

‘मेरो चिन्ता लिनुहुने सम्पूर्णलाई धन्यवाद’, नर्भिक अस्पतालको शैयामा रहेकी ऋचाले लेखेकी छन्, ‘मलाई हृदयघात भएको होइन् ।

छातीमा मात्रै सामान्य पिडा भएको हो ।

सबै रिपोर्ट आइसकेको छ ।

स्वास्थ्य अवस्था सामान्य छ ।’

उनी आज डिस्चार्ज हुँदैछिन् ।

ऋचालाई शिघ्र स्वाथ्य लाभको कामना !

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...