झरेर तक्लु नै भएको कपाललाई बाक्लो र लामो बनाउन प्याज एक चमत्कारिक र अचुक औषधी



हाम्रो इकोनोमि

 

 

तक्लु र जति स्याहार गरे पनि बढ्दै नबढ्ने कपाललाई १ हप्ता देखि १ महिनाभित्र मै यसरि बाक्लो, लामो, चम्किलो र सुकिलो बनाउनु होस् आफ्नै घरको भान्छामा उपलब्ध हुने प्याजको प्रयोग गरेर।

प्याजले खानको स्वाद बढाउने मात्र नभई यसका अन्य कयौँ गुणहरु छन्, जसमध्ये यसको प्रयोग गर्नले कपाल झरेर तक्लु नै भएको छ भने पनि उमार्न मद्धत गर्दछ र अन्य विविध फाइदाहरु त छँदै छ।

आज हामी प्याज प्रयोग गरेर कपाललाई छोटो समयमै कसरि बाक्लो बनाउन, उमार्न र लामो बनाउन सकिन्छ भन्ने विधि बताउन गइरहेका छौँ।

१. बनाउने विधि: ३-४ ओटा प्याज लिने र यसको बोक्रा निकालेर फाल्नुहोस्, त्यसपछि आफुलाई जुन आकारमा काट्न सजिलो हुन्छ, त्यसरी नै काट्नुहोस्।

२. अब एउटा भाँडामा १ लिटर जति पानी राख्ने र काटिसकेको प्याजको टुक्राहरुलाई पानीमा हाल्नुहोस्। अब यसलाई १० मिनेट सम्म उमाल्न दिनुहोस्।

३. १० मिनेटपछी उमलिसकेको प्याजको टुक्रालाई चिसो हुन दिने, चिसो भइसकेपछी उमालेको प्याजको पानीलाई छान्नुहोस्।

४.अब स्याम्पु लगाएर धोइसकेको कपालमा यो छानीसकेको प्याजको पानीले विस्तारै मसाज गरेर लगाइसकेपछी यतिकै छोड्नुहोस्।

५. यदि तपाइँलाई प्याजको गन्ध मन पर्दैन भने १ घण्टापछी कपाललाई राम्रो संग धुनुहोस्। यदि प्याजको गन्ध मन पर्छ भने भोलि पल्ट मात्र कपाललाई स्याम्पो लगाएर धुनुहोस्।

यसरी प्याजलाई उमालेको पानीले कपाल धुँदा तपाइँको कपाल १ महिनाभित्रमै बाक्लो, चम्किलो र लामो हुँदै जान्छ, हप्ताको दुई पटक यो विधि प्रगोग गर्नुभयो भने धेरै प्रभावकारी हुन्छ। यदि तपाईंको पनि कपाल झरेर पातलो भएर गएको छ भने एकपटक यो विधि अपनाउनुहोस्।

कपडा प्रेस गर्ने आइरनको प्लेटमा कालो दाग बसेको छ ? यसरी सजिलोसँग हटाउनुहोस

आजकलको जमानामा कपडामा प्रेस अर्थात आइरन नलगाउने मानिस सायदै होलान । हामीलाई चिटिक्क देखाउनको लागि पनि हाम्रो कपडामा आइरन लगाउनु नितान्त आवश्यक हुन्छ ।

आइरन नलगाएको कपडा कच्याककुचुक र खुम्चेको हुन्छ । जसले गर्दा कपडा नयाँ भए पनि त्यो कपडा लगाउने व्यक्तिको व्यक्तित्वमा सिधै असर गरिरहेको हुन्छ ।

तर कहिले काहीं हामीले प्रयोग गर्ने आइरनको तल्लो भाग अर्थात मेटलको भागमा कालो दाग बस्ने गर्छ । जसले गर्दा आइरन गर्ने समयमा उक्त आइरनको कालो दाग हाम्रो कपडामा समेत लाग्न गई कपडा बिग्रिने सम्भावना निकै धेरै हुन्छ ।

आइरनमा लागेको दागलाई सजिलै हटाउने उपाय यस्तो छ ।

तरिका नम्बर १

खाने सोडा र पानी

एक चम्चा पानीमा २ चम्चा खाने सोडा हालेर पेस्ट(लेदो) बनाउनुहोस ।

तयार पारिएको लेदो/पेस्टलाई आइरनको प्लेटको दाग लागेको ठाउमा दल्नुहोस ।

पेस्ट दले पछी सफा कपडा पानीमा डुबाएर पेस्टलाई पुछ्नुहोस ।

यदि तपाइको आइरनमा बाफ आउने प्वाल छ भने उक्त प्वालमा पनि सफा गर्नुहोस ।

आइरनको रिजरभोइरमा पानि भर्नुहोस ।

आइरनलाई अन गरेर फुल मोडमा पुरै तातो बनाएर ठाडो पारेर राख्नुहोस ।

आइरन तातो भएपछी सफा कपडामा आइरन दल्नुहोस, किचन टावेल प्रयोग गर्नुभए पनि हुन्छ ।

यसरी सफा कपडामा आइरन/दले पछी आइरनलाई बन्द गर्नुहोस र चिसो हुन दिनुहोस, यसरि तपाइले आफ्नो आइरनको प्लेटलाई सफा गर्न सक्नुहुन्छ ।

तरिका नम्बर २

भेनिगर र नुन

तपाइले भेनिगर र नुनलाई मिसाएर पनि आइरनलाई सफा गर्न सक्नुहुन्छ । यसको लागि दुइभाग भेनिगर र एक भाग नुन मिसाउनुहोस ।

त्यसपछि त्यसलाई उमाल्नुहोस नुन भेनिगरमा नघुली सम्म उमाल्नुहोस । उम्लिसके पछी एकैछिन चिसो हुन दिनुहोस, र चिसो नुन-भेनिगरलाई आइरनको प्लेटमा दल्नुहोस र सफा गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...

बदनाम शेयर कारोबारी दीपेन्द्र अग्रवालको अर्को बदमासी, भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधानलाई यसरी अप्ठेरोमा पारे

  शेयर बजारका बदनाम खेलाडी दीपेन्द्र अग्रवाल चलिरहेको एउटा रिसोर्ट सञ्चालनमा प्रवेश गरेर...

दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...