ह्वात्तै घट्यो आईफोनको मूल्य



हाम्रो इकोनोमि

 

एप्पलले चीनमा आफ्नो च्यानल साझेदारीका लागि केही आईफोनको मूल्य ११८ डलर सम्मले घटाएको छ ।

चीनमा देखिएको आईफोनको कमजोर प्रदर्शनका कारण अमेरिकी प्रविधि कम्पनीले आफ्नो आम्दानी प्रक्षेपण घटाएपछिको अवस्थामा मूल्य कटौती गरिएको हो ।

चीनमा प्रमुख इ-कमर्श प्लेटफर्म जेडीले एप्पलबाट आईफोन-८ र आईफोन-८ प्लसको मूल्य ३ हजार ९ सय ९९ युआन र ४ हजार ७ सय ९९ युआनमा झारिने सूचना पाएको जनाएको छ ।

आईफोनको यो मूल्य शुक्रबारदेखि नै लागू भएको छ ।

यसलाई छोटो अवधिको प्रवर्द्धनका रुपमा हेर्न नहुने जेडीले जनाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

जसले १३ बर्ष सम्म दिसा नै गरेनन्, अन्ततः भयो यस्तो हालत

 

कहिल्यै तपाईले कोही मान्छेले बर्षौ सम्म दिसा नगरेको समाचार सुन्न भएको छ ?

यो त कुरै छाडौँ, सकभर महिना दिन सम्म दिसा नगरेको भन्ने पनि सुन्नु भएको छैन् होला ।

अनि त्यत्तिका दिन सम्म दिसा नगर्दा मान्छे बच्न पनि सक्ला र ?

तर एउटा घटना बडो रोचक छ ।

एक अमेरिकाका जना मान्छे १३ बर्ष सम्म दिसा नगरी पनि बाँचे ।

समाचारमा जनाईए अनुसार ती मान्छेलाई गम्भीर किसिमको कब्जियत भएको थियो ।

अहिले ती मानिसको आन्द्रा अमेरिकाको फिलाडेल्फियास्थित मुटर संग्रहालयमा राखिएको छ ।

जब उनलाई Hirschsprung’s Disease नामको रोग लाग्यो, तब उनको आन्द्रामा गम्भीर खालको रोकावट आयो ।

त्यसपछि उनले दिसा गर्न सकेनन् ।

जसले गर्दा पछिल्लो १३ बर्ष सम्म दिसा नगरेका ती व्यक्तिको २९ वर्षको उमेरमा कब्जियतकै कारण उनको मृत्यु भयो ।

समाचारमा उल्लेख भए अनुसार त्यसबेला उनको ठूलो आन्द्रा २५ फिट लामो र ८ फिटको गोलाइको बनेको थियो ।

उनको आन्द्राबाट यतिधेरै दिसा निकालियो की दिसाको तौल नै १८ किलो थियो र तिनवटा बाल्टिन भरिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...