अस्पतालको बेडबाट भरतमोहनले प्रधानमन्त्री ओलीलाई भने ‘जनताको भरोसा नतोड्नुहोला’



हाम्रो इकोनोमि

 

 

मुटु र फोक्सोमा समस्या देखिएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा भर्ना भएका सर्वाधिक चर्चित बृद्ध कम्यूनिष्ट नेता भरतमोहन अधिकारीले जनताको भरोषा नतोड्न नेकपा प्रभावशाली नेता जनार्दन शर्मालाई आग्रह गरेका छन् । लामो समयदेखि अस्पतालको बेडमा रहेका अधिकारीलाई आफ्नोभन्दा बढि चिन्ता वर्तमान सरकारको गतिप्रति देखिएको छ ।

 

आफुलाई भेट्न आउने नेकपा नेता तथा कार्यकर्तालाई जनता प्रति गरिएका बाचा सम्झिन आग्रह गर्न थालेका छन् । नेपालमा सवैभन्दा लोकप्रिय मनमोहन अधिकारी नेतृत्वको सरकारलाई मानिन्छ । मनमोहन अधिकारी नेतृत्वको सरकारमा भरतमोहन अधिकारी अर्थमन्त्री थिए । आफ्नो गाउँ आफै बनाउँ, बृद्धभत्ता जस्ता कार्यक्रम ल्याएर कल्याणकारी राज्यको सुभारम्भ गरेका थिए ।

 

मनमोहन अधिकारी नेतृत्वको सर्वाधिक लोकप्रिय सरकारमा गृहमन्त्री थिए, बर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली । तर अधिकारी ओलीको कार्यशैलीप्रति असन्तुष्ट छन् । सरकारको गति राम्रो नभएको टिप्पनी मात्र गर्दैनन्, ओली सरकारलाई निरन्तर सुझाव पनि दिइरहेका छन् ।

 

शनिवार नेकपा प्रभावशाली नेता जनार्दन शर्मा अधिकारीलाई भेट्न अस्पताल पुगेका थिए । अस्पतालको बेडबाटै शर्मालाई अधिकारीले भने ‘सरकारको कार्यशैली उल्टो दिशामा गएको छ, उल्टो हिँडाइले जनअपेक्षा पुरा हुँदैन, तपाईप्रति जनताको भरोषा छ, त्यसलाई कहिले पनि नतोडनुहोला ।’

 

 

उनले प्रधानमन्त्री ओलीलाई सार्वजनिकरुपमा पनि सुझाव दिन थालेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले कम्यूनिष्ट शैली अनुसार काम गर्न नसकेको पनि नेता शर्मासँग बताए । ‘म प्रधानमन्त्रीलाई यहीबाट भन्छ् रिसाउनुस् वा खुसीहुनुहोस एक वर्ष त्यत्तिकै वित्यो अबको ४ वर्ष खेर नफाल्नुहोस् । हामीले ९ महिनामा गरेका काम सरकारको गति यही भए पाँच बर्षमा पनि पुरा हुँदैनन्, अधिकारीले जिज्ञासा राखे ‘किन ओलीजी काम गर्न डराउनु भएको छ ?’

नेता शर्माले पनि तत्कालिन एमालेको ९ महिने सरकारको प्रशंसा गरे । वर्तमान सरकारलाई गति लिन केही कानूनी झन्झट भएका कारण समस्या भएको बताए । ‘अब सरकारले गतिलिने हामीले विश्वास गरेका छौ, किनकी कानूनी जटिलताहरु हट्दै गएका छन्, जनतामा आशा जगाउन सकिएको छैन, केही समयमै आशा जाग्छ ।’ नेता जनार्दन शर्माले आफुलाई दिएका सुझाव जीनवभर नभुल्ने बाचा पनि अधिकारीसँग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...