पृथ्वीनारायण शाहलाई थुक्न आउनु भन्दै आङकाजी शेर्पाको आह्वान



हाम्रो इकोनोमि

 

नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै आज राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ ।

सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गर्नेछन्। राष्ट्रपति, प्रधानमन्त्रीलगायत सो अवसरमा उपस्थित हुने बताइएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले आधुनिक नेपाल निर्माता शाहको तस्वीर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कमलादीबाट सिंहदरबारसम्म शोभायात्राको कार्यक्रम तय गरेको छ।

उक्त कार्यक्रमको उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्ने प्रतिष्ठानले जनाएको छ।तर आदिवासी जनजाति हरुले भने कीर्तिपुरमा राजा पृथ्वीनारायण लाई थुक्ने कार्यक्रम राखेका छ ।

 

खासगरी जनजाती सम्बन्ध समूह भने पृथ्वीनारायण शाहलाई सामन्तवादी र क्रुर शासक भन्दै विरोधमा उत्रिने गरेको छ । हरेक बर्ष झैँ यसपाली पनि उनीहरुले पृथ्वीनारायण लाई थुक्ने कार्यक्रम राखेका छ ।

चर्का जातीय नारा उचाल्दै आउने मध्ये एक हुन – आङकाजी शेर्पा । प्राय हिन्दु धर्मावलम्बी तथा क्षेत्री ब्राह्मण समुदाय प्रति विष वमन गर्दै आइरहेका आङकाजी आज सरकारले मनाउने पृथ्वी जयन्ती प्रति पनि आक्रामक नै देखिएका छन् ।

उनले विहानै फेसबुकमा राखेको स्टाटस पृथ्वी जयन्ती मनाइरहेकालाई आक्रोसित बनाउने किशिमको रहेको छ । उनले फेसबुकबाट पृथ्वीनारायण शाहको निन्दा गर्दै काठमाडौँको कीर्तिपुरमा पृथ्वीनारायण शाहलाई थुक्ने कार्यत्रममा सहभागी हुन् पनि अनुरोध गरेको छ ।

उनले कीर्तिपुर नगाउँ जाने दाेबाटाे मा दिउसो २ बजे पृथ्वीनारायणलाई थुक्ने भन्दै आफ्नो फेसबुकमा स्टाटस राखेका थिए । उनले यो स्टाटस राखे लगत्तै उनको पक्ष र विपक्षमा कैयौले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...