यी स्टाप नर्स जो डिउटी सकेपछि सडकका असहायहरुलाई घरमा लगेर दाह्री कपाल काटेरर चिटिक्क बनाउँछिन्



हाम्रो इकोनोमि

 

सडकमा कुनै मानसिक सन्तुलन गुमाएको ब्यक्ति जसको शरिरमा एउटा पनि लुगा छैन । दाह्री र कपाल बढेर अनुहार देखिदैन । अस्वभावि कृयाकलाप गरेर हिडिरहेको छ । यस्तो ब्यक्तिको नजिक जान जो कोही पनि पक्कै डराउँछ ।

 

तर तपाइँ आफै अनुमान गर्नु एउटा सुन्दर युवती जव उनको नजिक जान्छिन् उसलाई सुम्सुम्याउँछीन्, मायाले उनको मनोभावना बुझ्ने कोशिष गर्छिन अनि आफैसंग लिएर जान्छिन् ।अनुहारै छोपिने गरी फैलिएको दाह्री कपाल आफ्नै हातले फालिदिन्छन् । नाङ्गो शरिरमा कपडा लगाइदिन्छिन् ।

 

त्यति गरिसकेपछि अघि ढुंगाले हान्न तम्सेको त्यो मानसिक सन्तुलन गुमाएको ब्यक्ति पनि ति युवतीलाई आफ्नो अभिभावक भेटिएको जस्तो गरी उनको अगाडी निरिह हुन्छ । त्यस्तो काम गर्न कत्तिको हिम्मत चाहिन्छ ?अहिले यस्तै हिम्मतीलो काम गरेर आफ्नो परि चय स्थापित गरेकी युवती हुन् बाँके कोहलपुरकी युवा महिला अञ्जु न्यौपाने ।

 

तर अहिले उनी अञ्जु निलसागरको नामले परिचित छन् । पेशाले कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजको स्टाप नर्स हुन् । तर यतिले मात्र उनको परिचय पुरा हुँदैन । उनी निल सागर असहाय अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र कोहलपुरको संयोजक पनि हुन् ।

 

यो संस्थाको अगुवाई गरेकी अञ्जुले दिनभरी आफुले अस्पतालमा पुरा गर्नुपर्ने डिउटी पुरा गर्छिन त्यस बाहेक बचेको समय समाजसेवाका लागि खर्चेकी छन् । अहिले कोहलपुर स्थित मेडिकल कलेजमा कार्यरत स्टाप नर्सका लागि उनी एउटा प्रेरणा बनेकी छन् ।

 

बाटोमा त्यसरी अस्वभाविक गतिविधि गर्दै हिडेको ब्यक्तिको नजिक जान सबै मान्छे डराउँछन् ।कतिपयले ढुंगाले समेत हान्छन्, तर उनीहरुको मनमा पनि माया स्नेह हुन्छन, उनले भनिन्, उनीहरु माया नपाएका कारण यस्तो भएका हुन् । उनीहरुलाई पनि माया चा हिन्छ । त्यसैले उनीहरुलाई पनि मायालु ब्यवहार गर्यो भने परिवर्तन हुन्छन् ।’

 

सेवा भावमा लागेपछि अञ्जुले सिकेको फर्मुला हो यो । उनी सबै समस्याको समाधान मायामा देख्छिन् । त्यसैले सडकमा माया नपाएर भौतारिरहेकाहरुको सहारा बनेकी छन् । निलसागरको मुख्य कार्यालय नेपालगन्जमा छ । त्यहाँ अध्यक्ष सरिता खनाल र उपाध्यक्ष अमन सुवेदी सकृय छन् ।

 

निलसागरमा अहिले ४२ जना त्यस्ता असहायहरुले सहारा पाएका छन् ।बाँके बर्दिया लगायत सिमानाको जिल्लावाट मात्र होइन निलसागरमा जाजरकोट जुम्ला देखिका असहायहरु पनि सहारा लिएर बसेका छन् । ‘हामीले सडकमा जहाँ भेट्यो त्यहीँवाट असहायहरुलाई उठाउँछौं, उनले भनिन्, अधिकांश त अभिभावक नभएका बालबालिकाहरु छन् ।’

 

कोहलपुरलाई सहयोगीपेक्षी रहित बनाउन उनले अभियान सुरु गरेकी छन् । बाटोमा भेटिएका सहयोगीपेक्षीहरुलाई लिएर आश्रममा लैजाने, उनीहरुलाई सफा बनाउने, दाह्री कपाल समेत उनी आफै काटिदिन्छिन् । केन्द्रमा पुगेपछि उनीहरुको रुपनै फेरीन्छ ।

 

‘बाटोमा हिडिरहेका तथा सहयोगीपेक्षीलाई सेवा केन्द्रमा लिएर जान निकै समस्या हुन्छ, उनले भनिन् सुरुमा विश्वास गर्दैनन्, कतिपयले त मलाई नै ढुंगाले पनि हानेका छन् ।’ तर पनि उनले त्यस्ता बेसहाराहरुलाई फकाएर सेवा केन्द्रमा लिएर जान्छिन् र उनीहरुको सेवा गर्छिन ।

 

उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य छन् १० बर्षीय बालक

 

जन्मेको दुई वर्षसम्म तन्दुरुस्त रहेको नाति तीन वर्षपछि डोरीमा बाँधेर राख्नुपर्ला भनेर कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ६० वर्षीय हिरादेवी सुनारले सपनामा पनि चिताएको थिएन ।जन्मिँदादेखि दुई वर्षको हँु दासम्म मोटो नै थियो। बोल्न खोज्थ्यो, हाँस्थ्यो, तेस्रो वर्ष लागेपछि शरीर पूरै सुक्दै गयो, बोल्न छाड्यो, हिरादेवीले भनिन्, “सामान्यरूपमा हिँड्न थाले पनि माटो पाए माटै, जे पायो त्यही खान थालेपछि बाँध्नुपरेको छ।”हिरादेवीको नाति रक्की १० वर्षको भएको छ।

सात वर्षअघिदेखि परिवारले उनलाई घरभित्र र बाहिर खटियामा हात बाँधेर राख्दै आएका छन। जे पायो त्यही खाइदिने, शरीरमा दिसापिसाब आएको थाहा नहुने र दिसापिसाब पनि खाइदिन थालेपछि बाँध्नुपरेको हिरादेवीले बताईन्। हिरादेवीको सनवोरा नदी किनार मा एक कठ्ठा जग्गामा बनेको छाप्रो मात्रै सम्पत्तिका रूपमा रहेको छ।

 

उनका छोरा र बुहारीले मजदूरी गरी घरको खर्च धान्ने गरेका छन। मजदूरी नगरे परिवारले भोकै बस्नुपर्छ। आर्थिक अभावले रक्कीको परिवारले उपचार गराउन पाएको छैन। परिवारको साँझ बिहानको खर्च उठाउन त निकै मुस्किल भएको अवस्थामा उपचार गराउने पैसा भएन।

 

भारतको नयाँ दिल्लीमा मजदूरी गर्न गएका बेला परिवारले चिकित्सकलाई देखाउँदा मानसिक अवस्था कमजोर रहेकाले उपचार गरे ठीक हुनसक्ने चिकित्सकले बताएको हिरादेवीले बताईन् । “बाध्यतावश घरमै बाँधेर राख्नुपरेको छ”, उनले भने, “छिट्टै जाति गरा उन पाए हुन्थ्यो। उपचार पाएर ठीक हुन्छ कि भन्ने आशा छ।

 

कहाँ उपचारका लागि लैजाने त्यो पनि थाहा छैन । उपचारका लागि एक सुको पैसा घरभित्र छैन। यस्तो अवस्था कसैलाई नआओस।” जनप्रतिनिधि आए पनि कसैले पनि उपचारका लागि सहयोगी हात अगाडि नबढाएको सुनार परिवारको गुनासो छ।

 

एक जनाले रक्कीकै लागि घर कुर्नुपरेको छ। निर्वाचनका बेला मत माग्नका लागि घर दैलोमा पुगेकाले निकै अश्वासन दिएको सुनार परिवारको स्मरणमा छ। चुनाव जितेर पदमा पुगेपछि सोध्न पनि कोही आएका छैनन्न।पूर्णरूपमा अपाङ्गता रहेको भए पनि अपाङ्गता परिचयपत्रसमेत जानकारीको अभावमा परिवारले बनाउन सकेका छैनन।

 

समाजमा विद्यमान छुवाछुतकै कारण दलित परिवार भएकैले जनप्रतिनिधि आए पनि उपचार नपाएर अबोध बालकले पीडा सहनुपरेको कुरा कसैका लागि पनि सैह्य नहुने राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले बताए ।

 

“पीडित बालकका लागि उपचारको व्यवस्था मिलाउन नगरपालिकासँग माग गर्छौँ”, उनले भने, “समाजको तर्फबाट हुने सहयोगका लागि तत्पर रहेका छौँ।” मुक्त हलिया समुदायका महिलाका लागि सञ्चालन गरिएको तालीमको खाजा खर्च कटाएर केही सहयोग तत्काल गरिने र बाँकी उपचारका लागि खर्च जुटाउनेतर्फ लागेको उनले बताए।

 

पीडित बालककै घर छेउमा वडा अध्यक्षको घर भए पनि उपचारका लागि पहल नगर्नु दुःखद् भएको उनको भनाइ छ। सुनार परिवारले रक्कीको उपचारका लागि दातृ निकायलाई समेत गुहारेका छन। सहयोगी हात अगाडि बढाई उपचार गराइदिन आग्रह गरेका छन।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...