मोहन गुरुङ एक समाजसेवी, कवि र व्यावसाही हुन



हाम्रो इकोनोमि

 

नेपालको स्याङजा जिल्लामा जन्मिएर अमेरिकाको सियाटलमा सआई व्यावसाय र समाजसेवामा संम्लग्न छन मोहन गुरुङ । अमेरिकाम बसेरपनि उनि नेपाली भाषा र संस्कृतिको उत्थनमा लागेका छन । उनकै पहलमा वासिङटन राज्यमा संचालित स्कुलहरुमा नेपाली भाषालाई दोस्रो भाषाको रुपमा छान्न पाउँने भएको हो ।

हाल वहाँ अमेरिकाको वासिङटा राज्यको यसिया प्यासिफिक अमेरिकी मामला हेर्ने उच्च आयुत्तमा पिस फर पिपुल्सको सल्लाकार हुन ।

 

सियाटलमा मोहनको परिचय एकजाना उत्कृष्ट सामुदायिक कार्यक्रताको रुपमा चिनिन्छ । उनले त्यहाँ रेष्टुरेण्टपनि चलाएका छन । नेपालको स्वास्थ सेवामा काम गरेका मोहन पिसकोरका पुर्व कमृचारपिनि हुन । उनी साहित्यकारपनि हुन । उनले थुर्पे कवितापनि लेखेका छन ।

 

 

अमेरिका आएर विभिन्न क्षेत्रमा विज्ञता र अनुभव हासिल गरेका नेपालीहरू आगामी जनवरी १९ तारिख वासिङटन राज्यको सियाटलमा भेला हुने भएका छन् । विज्ञता र अनुभवको प्रस्तुति साथै नेपाल र नेपालीका हितमा यसलाई उपयोग गर्ने विषयमा भेलामा पेचिलो छलफल हुनेछ । ‘एनआरएनए अमेरिका उत्तर पश्चिम क्षेत्रीय नलेज सेयरिंग कन्फरेन्स’ नाम दिइएको यो भेलामा करिब २० जना विज्ञहरूको प्रस्तुति रहने छ ।

 

 

एनआरएनए अमेरिका साइन्स, टेक्नोलोजी तथा इनोभेसन कमिटी र वासिंगटन च्याप्टरको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । एनआरएनए अमेरिका साइन्स, टेक्नोलोजी तथा इनोभेसन कमिटीका संयोजक पशुपति पाण्डेका अनुसार एक दिन चल्ने यो कार्यक्रम माइक्रोसफ्टको हेड अफिस भित्रकै कार्यक्रम हलमा हुने छ । कार्यक्रममा विज्ञहरूको प्रस्तुति पछि त्यस माथि अन्तरक्रिया समेत हुने छ ।

 

कार्यक्रममा डाक्टर तारा सिग्देलले बायो टेक्नोलोजी, डाक्टर नवीन खनालले सूचना प्रविधि, डाक्टर द्रोण रसाइलीले सोसोलोजी, वासिङ्टन स्टेटका आयुक्त मोहन गुरुङले विदेशी भूमिमा नेपाली भाषाको जगेर्ना ई पशुपति पाण्डेले साइन्स, टेक्नोलोजी, इनोभेशन समितिले गरिरहेका काम र भावी योजना, सुवास प्रजापतिले सङ्गीत, सुनिल शाहले योग इन्टरपिनर र डाक्टर अर्जुन बन्जाडेले शिक्षा सम्बन्धमा प्रस्तुति दिने निश्चित भइसकेको छ ।

 

अरू विज्ञहरूको प्रस्तुति छिटै प्राप्त हुने पाण्डेले बताए । सियाटल पछि स्थानीय च्याप्टरहरूको सहकार्यमा विज्ञहरूको भेला लस एन्जलस, डल्लास र डिसी मेट्रो क्षेत्रमा हुने छ । अमेरिकामा नेपाली मूलका विज्ञहरू ठुलो सङ्ख्यामा क्यालिफोर्निया, डिसी मेट्रो, सियाटल र बोष्टनमा रहेका छन् । विज्ञहरूको यस्तो क्षेत्रीय भेला छरिएर रहेका नेपाली विज्ञहरूलाई एनआरएनको छातामुनि ल्याएर उनीहरूको सिप र क्षमतालाई नेपाल र नेपालीको हितमा उपयोग गर्न सहयोगी हुनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...