‘ए’ डिभिजन लिग ः आज दुई खेल हुँदै



हाम्रो इकोनोमि

 

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हँुदैछन् ।

सातदोबाटोस्थित एन्फा मैदानमा हुने छैटौँ चरणको अन्तिम दिनको खेलमा आज फ्रेण्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबसँग खेल्नेछ । लिगको उपाधि दाबेदार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्ड्सविरुद्व जीत निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिने मौका छ । पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) सँग २–२ को बराबरीमा रोकिएपछि आर्मीले लगातार चार खेलमा जीत हात पारेको छ ।

आर्मी पाँच खेलबाट १३ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । फ्रेण्ड्स चार अङ्कसहित तालिकाको १०आँै स्थानमा छ । ब्रिगेड पाँच खेलबाट तीन अङ्क जोडेर १२औँ स्थानमा रहँदा मछिन्द्र दुई अङ्कका साथ तालिकाको १३आँै स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...