आइजीपी खनाल भन्छन् : दुबईमा विवादास्पद कसैलाई भेटेको छैन



 

प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले इन्टरपोलको महासभामा दुबई जाँदा कोही विवादास्पद व्यक्तिलाई नभेटेको बताएका छन् ।

 

गैरआवासीय नेपाली संघको शुक्रबार भएको कार्यक्रममा मन्तव्य राखेर एक घण्टामै बाहिरिएको बताउँदै त्यहाँ सुन तस्करीसँग जोडिएका र अन्य विवादित व्यक्तिसँग नभेटेको बताए ।

 

‘इन्टरपोलको महासभाका क्रममा ५ दिन त्यहाँ रहँदा एनआरएनको कार्यक्रममा गएको हुँ’, खनालले भने, ‘तर त्यहाँ जाँदा पनि मैले कुनै विवादास्पद व्यक्ति आफ्नो छेउमा नआउन् र फोटोसमेत नखिचुन् भनेर पहिले नै सचेत गराएको थिएँ । हुँदै नभएको कुरामा मलाई जोडेर विवादमा ल्याइनु दुःख लाग्दो कुरा भयो ।’

 

खनालले आफूले एनआरएनको कार्यक्रममा बोल्दै विदेशमा रहँदा नेपाल र नेपालीका शिर झुक्ने काम नगर्न सबैलाई आग्रह गरेको बताए ।

 

‘मैले त्यहाँका नेपालीलाई मातृभूमिको शिर झुक्ने काम नगर्नु भनेर सम्झाएँ’,  खनालले भने, ‘तर मैले त्यहाँ सुन तस्करीमा जोडिएका कसैलाई भेटेको छैन र मैले चिनेको पनि थिइनँ । एक घण्टा बसेर म कार्यक्रमबाट निस्किएँ, अब त्यहाँ को आए, को गए मेरो सरोकारको विषय पनि होइन ।’

 

खनालले आफूलाई बिनाकारण विवादमा ल्याउन खोजिएको भन्दै गुनासो पनि गरेका छन् । ‘नेपाल प्रहरीले अन्तर्राष्ट्रिय सम्मान पाएको कुरा नलेख्ने, हामीले अन्तर्राष्ट्रिय फोरमका गरेको बलियो उपस्थितिबारे मौन हुने तर नकारात्मक कुरामा खेदो गर्ने ?’, खनालले भने, ‘हुँदै नभएको कुरामा विवादमा ल्याउनु भन्दा अगाडि मलाई सीधै आएर सोधे हुन्छ, म जवाफ दिन सदैव तयार छु ।’

मेक्सिकोबाट अमेरिका छिर्न खोज्ने आप्रवासीमाथि अश्रुग्यास

स्यान डिएगोमा अमेरिका-मेक्सिकोबीच सबैभन्दा ठुलो सीमा चौकी नजिक आप्रवासीफ र सुरक्षाबलबीच झडप भएको छ ।

 

यो सीमा खुलेलगत्तै मेक्सिकोबाट ठुलो संख्यामा अवैध आप्रवासी अमेरिका छिर्न लागेका थिए । जब सीमा चौकीबाट आप्रवासीलाई बाटो दिइएन तब उनीहरु नजिकैको एक सुख्खा नहरबाट अमेरिका पस्न खोजे ।

 

त्यसपछि अवस्थालाई नियन्त्रणमा लिन ट्रम्प प्रशासनको निर्देशनका आधारमा सुरक्षाबलले त्यहाँ अश्रुग्यास बर्सायो । प्रवासीहरुमा धेरैजसो महिला र बालबालिका थिए । घटनापछि पाँच घण्टासम्म सीमालाई बन्द राखिएको थियो ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि अमेरिकामा कानुनी रित पुर्‍याएर आउने आप्रवासीलाई मात्रै प्रवेश गर्न दिने बताएका थिए । मानवाधिकार संगठनले ९ नोभेम्बरमा ट्रम्पको यस निर्णयविरुद्ध अदालतमा रिट हालेका थिए । सान फ्रान्सिस्को जिल्ला अदालतले ट्रम्पको निर्णयलाई उल्ट्याइदिएको थियो ।

 

ट्रम्पको चेतावनी

अदालती आदेशपछि ट्रम्पले यदि मेक्सिकोबाट आउने आप्रवासीको संख्या नियन्त्रण भन्दा बाहिर गएको अवस्थामा सीमालाई पुरै बन्द गरिदिएर आप्रवासीमाथि कारबाही थाल्ने बताएका थिए ।

 

ट्रम्पको भनाइको विरोध

आप्रवासीमाथि क्षति पुर्‍याउने ट्रम्पको यो भनाइको मेक्सिकोमा विरोध सुरु भएको थियो । मेक्सिकोमा प्रदर्शनमा उत्रिएका करिब ५ सय आप्रवासीहरु सान डिएगोको सीमामा पुगेर अमेरिकामा छिर्ने कोशिश गरेका थिए ।

 

सीमामा आप्रवासी हिंसक 

मेक्सिकोको गृह मन्त्रालयले मानिसहरु हिंसकरुपमा अमेरिका छिर्न खोजेको स्वीकारेको छ । गृहमन्त्रालयले तिनीहरुको पहिचान गरेर डिपोर्ट गर्ने तयारी भइरहेको जनाएको छ । तिजुआनास्थित मेयरको कार्यालयले पनि केही मानिसको यस्तो गतिविधिकै कारण अमेरिकासँगको सम्बन्ध बिग्रन नदिने जनाएको छ ।

 

३१ सय ४० मिटर लामो सीमा

अमेरिका र मेक्सिकोबीचको सीमा ३,१४० किलोमिटर लामो छ । १,१०० किलोमिटर क्षेत्रमा अहिले पनि बार लगाइएको छ।  ट्रम्प यस सीमामा १२ देखि २० अर्ब डलर लगानीमा सिमेन्टको अग्लो पर्खाल लगाउन चाहन्छन् । यो पर्खालमार्फत् अवैध आप्रवासीलाई रोक्ने उनको योजना छ ।

 

अमेरिकामा अहिले पनि मेक्सिकोबाट छिरेका ६० लाख अवैध प्रवासी बसेका छन् । अमेरिकामा अवैधरूपमा पसेका आप्रवासीमा ९० प्रतिशत मेक्सिकन् नागरिक नै छन् ।

प्रतिक्रिया दिनुहोस
ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय

विहेको उमेरहद १८ वर्ष कायम गर्न संसदीय समितिको सुझाव

     प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी