ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी



हाम्रो इकोनोमि

 

 

समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक केही समयअघिबाट जारी छ । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन् । लामो समयदेखि निष्क्रिय रहेको मोर्चा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालको सक्रियतमा ब्यूँताइएको हो । बैठकमा माओवादीबाट प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल, नेकपाका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा र नेपाल समाजवादी पार्टीका अध्यक्ष यादव र सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ सहभागी छन् । यसअघि दुवै दलका शीर्ष नेताहरूको बैठक बसेर मोर्चालाई सक्रिय बनाउने सहमति गरेको थिए । कांग्रेस नेतृत्वको गठबन्धनमा हुँदा प्रचण्डले सरकार टिकाउने अस्त्रका रूपमा चार दललाई समेटेर मोर्चा गठन गरेका थिए । प्रचण्ड सरकारमै हुँदा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएपछि सो दल मोर्चाबाट बाहिरिएको छ । यद्यपि, प्रचण्ड-माधवले मोर्चामा फेरि जोड्ने प्रयास जारी राखेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...