वर्तमान सरकार पूर्वराजा ज्ञानेन्द्र पथमा हिंडेको छ : बालकृष्ण खाँण



हाम्रो इकोनोमि

जनकपुरमा  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले केपी ओली नेतृत्वको वर्तमान सरकार पूर्वराजा ज्ञानेन्द्र पथमा हिंडेको आरोप लगाएका छन् ।

खाँणले दुई तिहाइ बहुमतको दम्भ देखाएर सरकार संविधान तथा लोकतन्त्रविरुद्धको गतिविधि गर्दै अगाडी बढेको भन्दै जनता लाई अहिले पूर्वराजा ज्ञानेन्द्रका शासन अनुभूति गरिरहेको बताए ।

‘नेकपाले सरकार बहुमतको दम्म मा मातेर लोकतन्त्रविरुद्धको गतिविधि गर्दै अगाडी बढेको छ,’ बुधबार जनकपुरमा पत्रकार भेटघाटमा खाँणले भने,‘कम्युनिस्टहरुका सर्वसत्तावादी तथा केन्द्रीकृत सोचका कारण संघीयता नै धरापमा पर्ने खतरा बढेको छ ।’

नेपालका विविधतालाई सम्बोधन लोकतन्त्रले मात्र गर्न सक्ने भएपनि अहिलेको कम्युनिस्ट सरकार विगतको पुरानो पञ्चायती शैलीमा अगाढी बढिरहेको खाँणले बताएका छन ।

खाँणले अत्याधिक करवृद्धिका कारण जनताको क्रयशक्ति हस भएको भन्दै संघीयताप्रति तृष्णा फैलाउन सरकारले यस्तो नीति अपनाएको आरोप लगाएका छन ।

लोकतान्त्रिक शक्तिले मात्र संघीयतालाई अगाडी बढाउन सक्ने भन्दै उनले कम्युनिस्टहरुका विचारधारा नै संघीयता विरोधी रहेको बताए । प्रदेश सरकारहरुलाई केन्द्र सरकारले कुनै अधिकार तथा अख्तियारी नदिएकोले संघीयता कार्यान्वयन संकटमा परेको खाँणको भनाइ थियो ।

‘नागरिकको आधारभूत आवश्यक्ता पुरा गर्नसमेत सरकार असफल भएको छ,’ खाँणले भने,‘मुलुकमा हत्या हिंसा बढेको छ, दोषीलाई सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन। यस्तै गतिविधि रहे सरकार पाँच वर्ष चल्नेबाला छैन।’

सरकार सञ्चालन गर्न बहुमत रहेकैबेला अन्य दललाई सरकारमा सहभागी गराएर दुई तिहाई पुरयाएपनि संविधान संशोधनको कुरा गर्न नसक्नु दुखद रहेको खाँणको भनाइ थियो ।

सर्वहाराको नाउँमा राजनीति गर्दै आइरहेको कम्युनिस्टहरु आगामी १० वर्षभित्र संसारबाट समाप्त भएर जाने दाबी गदैै खाँणले कांग्रेस कमजोर भए राष्ट्रियता र लोकतन्त्र कमजोर हुने बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...

आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...