बाबुराम भट्टराईले भने प्रधानमन्त्री ओली फुर्के र दम्भी, सरकार पतनको बाटोमा



 

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले आफ्नो राजनीतिक प्रतिवेदनमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई फुर्के, गफाडी र दम्भी भन्दै आलोचना गरेको छ ।

 

बुधबारदेखि राजधानीमा सुरु भएको संघीय वैठकमा संयोजक भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकारको मात्र होइन, प्रधानमन्त्री ओलीको व्यक्तिगत आलोचनासमेत गरिएको छ ।

 

‘ओलीको स्वभाव नै फुर्के, गफाडी, अनुत्तरदायी र दम्भी देखिएको छ । अनेक बिङ्गा र उखान टुक्का भनेर जनतालाई भ्रमित गर्न सक्नुनै राजनीतिक कौशल हो भन्ने मनोवैज्ञानिक भ्रमबाट उनी ग्रसित देखिन्छन्’ डा. भट्टराईको प्रतिवेदनमा भनिएको छ ।

 

 

सरकार पतनको बाटोमा

नयाँ शक्ति पार्टीले ओली नेतृत्वको सरकार पतनको बाटोमा उद्धत रहेकोसमेत दाबी गरेको छ । एकल बहुमत प्राप्त सरकारप्रति जनताले केही आश गरेको भए पनि आफूहरुलाई यो भित्रभित्रै कुहिएको फर्सी, बाहिरबाट सग्लो देखिएका मात्र हुन् भन्ने त्यसबेला नै थाहा रहेको उसले बताएको छ ।

 

 

‘नेकपा सरकार जनअपेक्षा अनुरुप कार्य गर्न असफल भएको मात्र होइन, उल्टो आफै अकर्मन्यता, भ्रष्टता र यथास्थितिवादको दलदलमा फस्दै गएको छ’ प्रतिवेदनमा भनिएको छ, ‘दुई तिहाईको दम्भमा भएको अवान्छित प्रयत्नहरु बारम्बार असफल भएपछि सरकार आफ्नै कार्यकर्ताबाट आलोचित हुन थालेको छ ।’

 

 

नेकपामा स्वार्थ समूहहरुको टक्कर नाङ्गो हुँदै गएको र सत्ता स्वार्थका लागि जे पनि गर्न सक्ने राजनीतिक दलालको रुपमा प्रस्तुत हुन थालेको नयाँशक्ति पार्टीको विश्लेषण छ । उसले भनेको छ, लोकतन्त्रको समान्य मूल्यमान्यता र मर्यादालाई समेत ख्याल नगरी नेकपा सरकार पतनको बाटो उद्धत भएको छ ।’

 

नयाँ शक्ति पार्टीले सरकार कूटनीतिक सन्तुलन कायम गर्न असफल भएको दाबी पनि गरेको छ । विमिस्टेकलाई सार्कको समानान्तर प्रतित हुने गरी प्रस्तुत गर्नु, विमिस्टेक सैन्य अभ्यास, थप हवाई रुट लगायतका कारण सरकार असफल भएको उसको दाबी छ ।

जनयुद्ध भन्दा उन्नत जनसंघर्ष गर्छौंः बाबुराम भट्टराई

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो पार्टीले उन्नत खालको जनयुद्ध गर्ने बताएका छन् ।राजधानीमा बुधबारदेखि सुरु भएको पार्टीको १५ औं संघीय वैठकको उद्घाटनमा सशस्त्र संघर्ष नगरी फरक ढङ्गले जनयुद्ध गर्ने जिकिर गरे ।

 

‘भूमिगत कालको जनयुद्ध गर्दा जुन प्रकारका कठिनाइहरु हामीले भोग्यौं, दृढतापूर्वक लाग्यौं र त्यसलाई निश्कर्षमा पुर्‍याएका थियौं’ उनले भने, ‘अब त्यो भन्दा महान, त्यो भन्दा उन्नत प्रकृतिको एउटा संघर्ष अब हामी गर्दैछौं ।’

 

राजनीति भनेकै संघर्ष भएको भन्दै भट्टराईले नयाँ शक्ति पार्टीले आफुलाई स्थापित गराउन र जनतालाई आर्थिक विकास र समृद्धि दिनका लागि अब नयाँ ढङ्गले राजनीतिक संघर्ष गर्ने उल्लेख गरे ।

 

सत्तारुढ नेकपा, कांग्रेस लगायतका दलहरु पनि संघर्षबाटै आएको उनीहरुका राजनीतिक बिचार र सिद्धान्त पुरातन हुँदा नेपाली जनताले नयाँ खालको बिचार र सिद्धान्त खोजिरहेको उनले बताए ।

 

कांग्रेस, सत्तारुढ नेकपा असफल भए आफ्नो पालो आउँछ भनेर बसिरहेकाले देशलाई आर्थिक विकास र समृद्धि दिनका लागि अर्को कुनै शक्ति देखा नपरेको भन्दै उनले नेपाली जनताको चाहना बमोजिम नयाँ खालको बिचार र दृष्टिकोण बोकेर नयाँ शक्ति अगाडि बढ्ने बताए ।

 

आफुले यूरोप, अमेरिका भ्रमण गरेको आएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दा बढी सम्मान र सत्कार पाएको पनि जिकिर गरे । ‘देशको प्रधानमन्त्रीसँग मेरो तुलना गर्न त मिल्दैन’ उनले भने, ‘तर मलाई तपाईँले प्रधानमन्त्रीले भन्दा बढी सम्मान पाउनुभयो भनेर अरुले सुनाए । त्यसकारण हामी कम छैनौं ।’

 

नयाँ शक्तिको देशभित्र र बाहिर पनि राम्रो प्रभाव रहेको दाबी गर्दै भट्टराईले पार्टीको संगठन भने स्थानीय जनतासम्म प्रभावकारी बनाउन नसकिएको स्वीकार गरे । अबको पाँच महिना स्पष्ट योजना बनाएर पार्टीको संगठन वडा तहसम्म पुर्‍याइने कार्यलाई प्राथमिकता दिइने उनले बताए ।

 

देशमा महिला हिंसा, वलात्कार, भ्रष्टाचार बढेको भन्दै उनले सरकारको पनि आलोचना गरे । सरकार आठ महिनामै असफलतातर्फ उन्मुख भएको उनको निश्कर्ष छ । सबै राजनीतिक परिस्थितिको ठोस विश्लेषण गरी संगठन विस्तार र सरकारका गलत कार्यको भण्डाफोर गर्ने उनले सुनाए ।

 

सरकारले बुढिगण्डकी आयोजना लगायतका आयोजनाहरुमा गलत निर्णय गरेको उनको आरोप छ ।

 

नयाँ शक्तिको १५ औं संघीय वैठक राजधानीमा दुई दिनसम्म चल्नेछ । पहिलो दिन आज (बुधबार) संयोजक भट्टराईले राजनीतिक प्रतिवेदलन प्रस्तुत गर्नेछन् । त्यसको समिक्षा सहित बिहिबार बैठक सकिनेछ ।

 

राप्रपामा अर्को विद्रोहको खतरा, असन्तुष्ट समूहले बोलायो भेला, कमल थापालाई धक्का

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ठूलो समूह पार्टी अध्यक्ष कमल थापासँग असन्तुष्ट बनेको छ । लगातार आन्तरिक भेला-बैठक गर्दै आएको यो समूहले अब तीन वटै राप्रपाका असन्तुष्ट नेताहरुको भेला बोलाउने तयारी गरेको छ ।

 

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनीको एकिकृत राप्रपा राष्ट्रवादीका असन्तुष्ट नेताहरूको तिहारअघि नै राजधानीमा ‘बृहत भेला’ हुन लागेको स्रोतले जानकारी दिएको छ ।

 

पुरानै पार्टीहरूबीच एकता गरेर जाने कि नयाँ पार्टी गठन गर्ने भन्ने निर्णय बृहत भेलाले गर्नेछ’, राप्रपा स्रोतले अनलाइनखबरसँग भन्यो । तीन वटै पार्टीका मुल नेतृत्वकै कारण राप्रपा टुक्राटुक्रा भएको ठहरसहित उनीहरू छुट्टै भेलाको तयारीमा लागेका हुन् ।

 

राप्रपा केन्द्रीय सदस्य अर्जुन राई असन्तुष्ट नेताहरूको दिनहुँ जसो छलफल चलिरहेको बताउँछन् । अधिकांश छलफलमा सहभागी राई भन्छन्, ‘हामीले गरिरहेको छलफल कुनै नेताविरुद्ध होइन, राष्ट्रवादी वैकल्पिक शक्ति बनाउने एक मात्र उद्धेश्य हो ।’

 

गोप्य भेलाले दियो आधार

राप्रपा अध्यक्ष कमल थापासँग असन्तुष्ट नेताहरूले आइतबार राजधानीस्थित होटल एलो-पगोडामा गोप्य भेला गरेका थिए ।

 

वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा भएको भेलाले तीन वटै राप्रपाका असन्तुष्ट पक्षलाई समेटेर संयुक्त भेला गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

 

गोप्य भेलामा वरिष्ठ उपाध्यक्ष तामाङसहित उपाध्यक्षद्वय टंक ढकाल, दिलविकास राजभण्डारी, महामन्त्रीद्वय धवल शमशेर राणा र जयन्त चन्द, सहमहामन्त्री दिनेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू अर्जुन राई, गोविन्दराज खनियाँ, मुकुन्द गिरी, रामबहादुर शाह लगायत सहभागी थिए । यो समूहमा राप्रपाका २१ नेता रहेको उनीहरु बताउँछन् ।

 

बाहिरी वातावरण अनुकुल हुँदाहुँदै पनि गत निर्वाचनमा राष्ट्रिय पार्टी पनि बन्न नसकेको असन्तुष्ट पक्षको निश्कर्ष छ । २०७० को संविधानसभामा राप्रपा चौथो शक्ति थियो । तर, गत वर्षको आमनिर्वाचनबाट मात्र एक सिट जित्यो र राष्ट्रिय पार्टी बन्न सकेन ।

 

समानुपातिकतर्फ थापा नेतृत्वको राप्रपाले एक लाख ९६ हजार ७८२, राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७ र लोहनीको एराप्रपा राष्ट्रवादीले २८ हजार ८२८ मत पाएको थियो ।

 

 

कमल थापालाई धक्का

असन्तुष्ट समूहमा रहेका अधिकांश नेता कमल थापा नेतृत्वको राप्रपामा आवद्ध छन् । पशुपतिशम्शेर राणाले राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक बनाउँदा उनीहरुले कमल थापालाई साथ दिएका थिए । तर, छाटो समयमा नै उनीहरुको थापाप्रति मोह भंग भएको छ ।

 

पछिल्लो पटक थापाले सबै पदाधिकारी भंग गरेर अध्यक्ष मात्र राखेपछि उनीहरु रुष्ट बनेका छन् । अहिले थापासँग उपाध्यक्ष राजीव पराजुली र महामन्त्री राजेन्द्र लिङ्गदेन मात्र देखिएका छन् ।

 

एक नेताका अनुसार असन्तुष्ट समूह अझैपनि कमल थापा सच्चिएर आए स्वीकार गर्ने मुडमा देखिन्छ । नभए पशुपतिशम्शेरसँग एकता गर्ने वा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा अर्को पार्टी बनाउने विकल्पबारे समेत छलफल भइरहेको नेताहरु बताउँछन् ।

 

पार्टीको ठूलो हिंसा असन्तुष्ट भएपछि कमल थापाले पशुपतिशम्शेरसँग एकता वार्ता थालेर काउन्टर दिन खोजेका थिए । तर, त्यसले थापालाई कुनै सफलता हात लागेको छैन ।

 

‘नेताहरुको एउटा समूहले लगातार नेतृत्वलाई दबाव दिइरहेको छ’ राप्रपा अध्यक्ष थापा निकट एक नेता भन्छन्, ‘चुनावी हारपछि पार्टीको स्पीड नै छैन । तर, यसले सुस्त गतिमा चलेको पार्टीलाई झन सुस्त बनाउन स्पीड ब्रेकरको काम भने पक्कै गरेको छ ।’

 

राप्रपा अध्यक्ष कमल थापा भने एउटा चलायमान पार्टीमा कोही न कोही असन्तुष्ट हुनु स्वाभाविक भएको बताउँछन् । आफू राष्ट्रवादी शक्ति निर्माणमा लागि परेको भन्दै उनले भने, ‘सबै पक्षलाई समेटेर राष्ट्रवादी शक्ति बनाउन म एक कदमपछि हट्न पनि तयार छु ।

 

चीनसँग भएका सम्झौता कार्यान्वयनमा ल्याउन सक्ने गरी गृहकार्य पनि नभएको नयाँ शक्तिको ठहर छ ।कांग्रेसले प्रमुख प्रतिपक्षको धर्म निर्वाह गर्न नसकेको नयाँ शक्ति पार्टीले ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय

विहेको उमेरहद १८ वर्ष कायम गर्न संसदीय समितिको सुझाव

     प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी