के हो नेकपाको नाम विवाद ? शक्तिशाली सत्तारुढ दललाई सानो पार्टी निल्नु न ओकल्नु !



हाम्रो इकोनोमि

 

 

देशका दुई ठूला कम्युनिस्ट पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवाद फेरि एकपटक सतहमा आएको छ ।

 

गत जेठ ३ गते पार्टी एकता घोषणासँगै नेकपा नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पर्‍यो । आयोगमा सो नामको दल त्यसअघि नै दर्ता भइसकेको थियो । जसको अध्यक्ष हुन्, ऋषि कट्टेल ।

 

एउटै नाममा दुई वा सो भन्दा बढी दल दर्ता गर्न नमिल्ने कानूनी प्रवधानका कारण निर्वाचन आयोग पुगेको सत्तारुढ दलको टोलीले नेपाल कम्युनिस्ट पार्टीनामको दल दर्ताका लागि निवेदन दियो ।

 

मुनि अन्डरलाइन राखिए पनि नाम एउटै थियो । यसबीचमा सामाजिक सञ्जालमा अण्डरलाइन नेकपा भनेर खिस्सी गर्ने क्रमसमेत शुरू भइसकेको थियो ।

 

अन्ततस् त्यसमा केही परिमार्जन गरेर ुनेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामबाट आयोगमा दल दर्ता भयो । त्यसपछि साम्य भएको ठानिएको नेकपाको नाम विवाद फेरि एकपटक सतहमा आएको छ ।

 

पुरानो नेकपाका अध्यक्ष ऋषि कट्टेलले एउटै नाममा अर्को दल दर्ता गर्ने आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् । बुधवार आयोगले दुवै दलका नेताहरूलाई बोलाएर यस विषयमा छलफल समेत गरेको थियो । तर छलफल निष्कर्षमा पुग्न सकेन ।

 

शुक्रवार बैठक बसेर निर्णय सुनाउने तयारी आयोगले गरेको छ । दलको नामका विषयमा निर्णय लिने अधिकार निर्वाचन आयोगलाई छ ।

 

 

दुई तिहाइ बहुमतका साथ सरकारको नेतृत्व गरिरहेको दललाई राष्ट्रिय दलको मान्यता समेत नपाएको एउटा सानो दल निल्नु न ओकल्नु बन्न पुगेको छ ।

 

त्यसो त सत्तारुढ नेकपाका नेताहरू कट्टेललाई त्यति सारो भाउ दिने पक्षमा छैनन् । निर्वाचन आयोगले लिने निर्णय आफूअनुकूल हुनेमा उनीहरू ढुक्क देखिन्छ ।

 

नेपाल कम्युनिस्ट पार्टीु पछाडि ब्राकेटभित्र (नेकपा) राखेर दल दर्ता गरेको आयोगले यही निर्णयलाई दोहोर्‍याउने सम्भावना प्रबल रहेको निर्वाचन आयोग स्रोतले जानकारी दियो ।

 

ऋषि कट्टेलको पार्टीको नाम कागजमा नेपाल कम्युनिस्ट पार्टी मात्र छ । त्यसलाई सहजताका लागि मिडिया र बाहिरी प्रयोजनमा छोटकरी नेकपा नै लेखिए पनि आधिकारिक लिखतमा भने फरक नै देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...