१७ जिल्लामा सहसचिवको ठाउँमा उपसचिव सिडिओ, यी हुन् सिडिओ फेरिने जिल्ला



हाम्रो इकोनोमि

 

 

गृह मन्त्रालयले १७ वटा जिल्लामा सहसचिव प्रमुख जिल्ला अधिकारीको ठाउँमा उपसचिवलाई जिम्मेवारी दिएको छ ।

 

सहसचिव दरबन्दी भएका जिल्लामा केही समयका लागि उपसचिवलाई नै सिडिओको जिम्मेवारी दिनु परेको गृह मन्त्रालयले जनाएको छ । ‘दरबन्दी घटुवा गरेको होइन, सहसचिवकै कायम छ,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले भने, ‘सहसचिव अभाव हुँदा उपसचिवलाई सिडिओ बनाउनु परेको हो ।’

 

निमित्त सिडिओले मुद्दा हेर्न नमिल्ने भएकाले सहसचिव अभावमा उपसचिवलाई सिडिओ बनाइएको उनले जानकारी गराएका छन् । उनले भने, ‘जिल्लामा सिडिओ त चाहियो नि ।

 

कायममुकायम सिडिओ ६ महिनाभन्दा बढी राख्न मिल्दैन । त्यसैले उपसचिवलाई नै सिडिओको जिम्मेवारी दिनु परेको हो,’ उनले भने, ‘पछि सहसचिव नै पठाइन्छ ।’

 

अहिले कायममुकायम सिडिओ रहेकालाई नै सिडिओको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद बैठकले पनि सहसचिव प्रजिअ रहने १७ जिल्लामा उपसचिव सिडिओ खटाउने निर्णय एक महिनाअघि गरेको थियो ।

 

तनहुँ, नवलपरासी, नवलपुर, स्याङ्जा, बाग्लुङ, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, गुल्मी, बर्दिया, डोटी, बारा, सिरहा, धनुषा, महोत्तरी, सप्तरी र इलाममा उपसचिवलाई सिडिओको जिम्मेवारी दिएको हो । उपत्यकासहित ४० जिल्लामा गृहले सहसचिव सिडिओ खटाउँदै आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...