नेकपा अध्यक्ष प्रचण्ड एक दिने भ्रमणको लागि दिल्ली प्रस्थान



हाम्रो इकोनोमि

 

इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ मा भाग लिन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण प्रस्थान गरेका छन्।

 

दाहालले भारतको छोटो भ्रमणका क्रममा त्यहाँका नेताहरुसँँग भेटघाट नगर्ने बताएका छन् । पार्टीको धारण,देशको पछिल्लो राजनीति घटना क्रम र दुइदेश बिचको सम्बन्धको बारेमा आफ्नो धारण राख्ने अध्यक्ष दाहालले बताए ।

 

एक दिनको मात्रै भ्रमण तालिका भएकाले कुनै भेटघाट नराखिएको संचारकर्मीलाई दाहालले जानकारी दिए । दाहालले इन्डिया आइडिया कन्क्लेभ–२०१८’ लाई सम्बोधन गर्नेछन् ।

 

इन्डिया फाउन्डेसनको अध्यक्ष राम माधवको निमनत्रणामा दाहाल दिल्ली गएका हुन । उनी सत्तारुढ भारतीय जनता पार्टीका महासचिव पनि हुन् ।

 

नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि दाहाल दिल्ली गएका हुन् । दाहाल आजै बेलुका ८ बजे फर्कने कार्यतालिका रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...