स्वास्थ्य सचिव चौधरी प्रधानमन्त्री कार्यलयमा तानिँदै, सरुवा रोक्ने कसरतमा चौधरी



हाम्रो इकोनोमि

 

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाइएको छ। उनलाई स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय तानिएको छ।

सचिव भएसँगै विवादित बनेकी उनलाई मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रधानमन्त्री कार्यालय तानिएको हो। निर्णय औपचारिक रुपमा बाहिर आउन बाँकी नै छ।

सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालय तानिएसँगै उनी सरुवा रोक्ने कसरतमा रहेको एक सचिवले बताए। डा. चौधरी अघिल्लो वर्ष स्वास्थ्य सचिवमा नियुक्त भएकी हुन्। उनको कामलाई लिएर केही समययता स्वास्थ्यमन्त्री उपेन्द्र यादव लगायत प्रधानमन्त्री केपी शर्मा ओलीसमेत असन्तुष्ट रहेको चर्चा चलेको थियो।

चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएसँगै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई निमित्त सचिवको जिम्मेवारी दिने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...