दसैंमा ऊर्जामन्त्रीको चीन भ्रमण, उपमन्त्रीसँग भेट



हाम्रो इकोनोमि

 

 

यत्तिबेला ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन चीन भ्रमणमा छन्। भ्रमणका क्रममा मन्त्री पुनले चिनियाँ उपमन्त्री लियाङ्ग विलियाङ्गसँग भेटवार्ता भएको छ।

 

चीनले अघि सारेको वान वेल्ट वान रोडको ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीनको सुजोओ पुगेका मन्त्री पुनसँग शुक्रबार उपमन्त्री लियाङ्गले भेटवार्ता गरेका हुन्।

 

लियाङ्ग चीनको विकास र सुधार हेर्ने विभागका उपमन्त्री हुन्। उनी त्यसका साथै चीनको वित्तिय क्षेत्रको समन्वय गर्ने विभागका प्रमुख समेत हुन्। भेटवार्तामा आपसी हित र ऊर्जाको क्षेत्रमा दुई देशको बीचमा गर्न सकिने सहकार्यका बारेमा समेत छलफल भएको छ।

 

द्विपक्षीय भेटवार्तामा मन्त्री पुनले नेपाल र चीनबीच निकै पुरानो सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमा समेत दुवै देशको सम्बन्ध सुमधुर बन्दै जाने धारणा राखेका छन्। नेपालमा लामो समयपछि दुई तिहाइको सरकार बनेको भन्दै उनले त्यसमा चीनको सहयोग र सद्भावको खाँचो रहेको बताएका छन्।

 

मन्त्री पुनले चिनियाँ उपमन्त्रीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको भ्रमणको बेला इनर्जी कोअपरेशनमा भएको सम्झौता ऐतिहासीक भएको भन्दै आगामी दिनमा त्यसमार्फत सहकार्य गर्न सजिलो हुने धारणा राखेका छन्।

 

छलफलमा सोफ्ट लोन, कमर्सियल लोन र विआरआई फण्डमार्फत् गर्न सकिने लगानीका सम्भावना बारेमा समेत कुराकानी भएको छ। नेकपाका नेता समेत रहेका मन्त्री पुनले नेपालमा चिनियाँ लगानी दिन प्रतिदिन बढिरहेको जानकारी दिंदै आगामी दिनमा समेत लगानीको वातावरण बनाइदिन आग्रह गरे।

 

भेटमा चिनियाँ मन्त्री लियानले नेपालसँग भएको इनर्जी कोअपरेशनको समझदारी कार्यान्वयन गर्ने चरणमा रहेको जानकारी दिए। मन्त्री लियानले भेटमा नेपाल चीनबीच बनेको ऊर्जा संयन्त्रको पहिलो बैठक ऐतिहासीक भएको भन्दै त्यसका लागि पहल गरेकोमा ऊर्जामन्त्री पुनलाई धन्यवाद दिए।

 

उनले नेपालमा चिनियाँ कम्पनीले ऊर्जा क्षेत्रमा लगानी गरिरहेको भन्दै आगामी दिनमा समेत लगानी थप विस्तार हुने प्रतिवद्धता व्यक्त गरे। ‘हामीलाई चीनमा थप ऊर्जा समेत आवश्यक छ, नेपालमा हाम्रा कम्पनीहरुले व्यवसायीक रुपले लगानी गरिरहेका छन्’, उपमन्त्री लियानले भने, ‘आगामी दिनमा थप चिनियाँ कम्पनीहरुले नेपालमा लगानी गर्नेछन्।’

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...