यस्तो छ वामेदव गौतम काठमाडौ ७ बाट ब्याक हुनुको भित्री कथा



 

बर्दियाबाट पराजित नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेता वामेदव गौतमलाई सिट खाली गर्ने गरी राजीनामा दिने घोषणा गरे काठमाडौं ७ का सांसद रामवीर मानन्धरले। उनले मंगलबार पत्रकार सम्मेलन गरी गौतमलाई काठमाडौंबाट विजयी गराएर पठाउने दाबीसमेत गरेका थिए।

 

 

डोल्पाबाट सुरु भएको गौतमको संसद प्रवेश गर्ने इच्छा काठमाडौं ७ मा आएर ब्रेक लागेको छ।

 

सोमबारको ने क पाको सचिवालय बैठकमा रामवीरको राजीनामा गर्ने प्रस्तावले एक्कासी प्रवेश पायो। मंगलबार मानन्धरले पत्रकार सम्मेलन गरेर वामदेवका लागि सांसद पदबाट राजीनामा घोषणा गरे। उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘भोलि -वुधबार बस्ने सचिवालयको बैठकले राजीनामाबारे निर्णय गर्ने छ, पार्टीको निर्णय लगत्तै सभामुखसमक्ष राजीनामा दिन्छु।’

 

भोलिपल्ट, सचिवालय बैठक नै बसेन। सचिवालय बैठक नबस्दै वामदेव स्वयं पछि हटेका छन्। सचिवालय बैठकमा प्रस्ताव लैजाने ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै उनी ब्याक भइसकेको घोषणा गरे।

 

शुक्रवार काठमाडौंमा आयोजित दशैँको चियापान कार्यक्रममा उनले काठमाडौं ७ मा हुने भनिएको उपनिर्वाचनको लफडा सकिएको भन्दै वामदेव चुनावबाट ब्याक भइसकेको जानकारी गराए।

 

‘रामवीरको राजीनामा र वामदेव चुनाव लड्ने कुरा सकियो अब। यसमा केही टेन्सन लिनुपर्दैन। हिजो वामदेवजीले चुनाव लड्दिनँ भनिसक्नुभयो। यो लफडा सकियो,’ उनले भने।

 

यसकारण ब्याक भए वामदेव

सोमबार सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले सांसद मानन्धरले अध्यक्ष प्रचण्डलाई बुझाएको राजीनामा स्वीकृत गर्ने सम्बन्धको प्रस्तावसहितको पत्र वाचन गरेर सुनाए। त्यसलगत्तै वामदेवको सांसद यात्राको औपचारिक छलफल सुरु भयो। यसअघिका बैठकमा उनी पुनः चुनावमा उठ्ने विषय र पद खाली गराउने विषय अनौपचारिक रुपमा प्रवेश पाए पनि एजेण्डा बन्न सकेको थिएन।

 

डोल्पाबाट चुनाव उठ्ने गरी डोल्पाका सांसद धनवहादुर बूढालाई राजीनामा गराउने भन्ने अनौपचारिक छलफल बूढाले राजीनामा नदिने बताएपछि सकियो। त्यसपछि उनी बाँके, प्यूठान, नवलपरासी पूर्वबाट उठ्ने चर्चा आयो। तर यी विषयले पनि ने क पाको कुनै कमिटीमा छलफलको औपचारिक एजेण्डाको रुप लिन सकेनन्।

 

सोमबार औपचारिक रुपमा काठमाडौं ७ ले प्रवेश त पायो, तर निर्णय भने हुन सकेन्। बैठकमा सचिवालय सदस्य ईश्वर पोखरलले यसको चर्को आलोचना गरे। अर्को सचिवालय बैठकले निर्णय लिने बताइएको थियो। तर बैठक नै बस्न सकेन।

 

सोमबार सचिवालयमा यो प्रस्तावले प्रवेश पाएसँगै मंगलबार सांसद मानन्धरको आधिकारिक धारणा आयो। उनको धारणासँगै ने क पा भित्र र बाहिर ने क पा, सरकार, मानन्धर, स्वयं वामदेवसमेत आलोचित हुन पुगे।

 

रामवीरको घोषणलगत्तै गौतमले सामाजिक सञ्जाल फेसबुकमा रामवीरको प्रशंसा गरे। उनले रामवीरको त्यागलाई आँच आउन नदिनेसमेत बताएका थिए। वामदेवले लेखेका थिए, ुनतमस्तक छु कमरेड रामवीर मानन्धर, तपाईले आज पत्रकार सम्मेलन गरेर जुन अभिव्यक्ति दिनुभयो त्यो विचारले मेरो कद अझ उचो बनाएको छ। संगठनका लागि हामी दुवै जना सिपाही हो।

 

भोलिका दिनमा संगठनले मलाई दिने भूमिका र तपाईले गरेको त्याग प्रति आँच आउन दिने छैन। पार्टीको गरिमालाई उँचो राख्न र तपाइले म प्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन। पार्टीले हामीलाई भूमिका र जिम्मेवारी जे जस्तो दिए पनि जनताको काममा संधै सँगै रहनेछौं।

 

बुधबार तत्कालिन नेकपा एमालेको काठमाडौं जिल्ला सचिवालयका नेताहरुको बैठकले वामदेव पराजित हुने नष्कर्ष निकाले। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यप्रति काठमाडौंका मतदाता रुष्ट भएको, वामदेव आफै जनताबाट अस्वीकृत भएको लगायतका कारणसहित उनी पराजित हुने निष्कर्षसमेत निकालेको थियो।

 

यही निष्कर्षसहितको रिपोर्ट काठमाडौं ७ का ने क पाका प्रदेशसभाका दुई जना सांसदले दुबै अध्यक्षसामु पुर्‍याए। प्रदेशसभा सदस्यहरु बसन्त मानन्धर र प्रकाश श्रेष्ठसहितका काठमाडौं जिल्लाका नेताहरु बालुवाटार र खुमलटार पुगेर गौतम पराजित हुने पार्टीका लागि आत्मघाती हुने भन्दै निर्णय नगर्न आग्रह गरेका थिए।

 

तर, प्रचण्डले अन्तिम समयसम्म गौतमकै पक्षमा अभिव्यक्ति दिएका थिए। उनले काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा काठमाडौं ७ मा गौतम हार्ने गरी उपचुनाव नगराउने बताएका थिए।

 

उनले यस्तो भनेकै दिन साँझ गौतम पराजित हुने रिपोर्ट उनीसामु पुग्यो। यो रिपोर्टले प्रचण्डसमेत झस्किए।

 

 

यसबीच ने क पाका नेताहरुबाटै गौतम र मानन्धरको आलोचना भइरहेको थियो। विपक्षी दलका नेतासमेत उनको आलोचन गरे। मानन्धर समाजले सांसद मानन्धरलाई गरेको सम्मानसमेत फिर्ता लियो। योसँगै नेवार बाहुल्य रहेको काठमाडौं ७ मा उपचुनाव जित्न गौतमका लागि थप चुनौती थपियो।

यसबीच उपचुनावको विषयले ने क पाका नियमित कार्यसूचीहरुसमेत प्रभावित भए। सचिवालय बैठक सारियो। सचिवालय बैठकका लागि तय भएका अन्य एजेण्डा माथिसमेत प्रवेश पाएन।

 

बैठकमा ने क पाको प्रदेश कमिटीको विषयमा उठेका विवादहरुमाथि छलफल हुने बताइएको थियो। त्यस्तै स्थायी कमिटीको बैठकको मिति र एजेण्डा तय गर्ने बताइएको थियो। तर मानन्धरको राजीनामा सम्बन्धी विषयले यी एजेण्डामाथि नै छलफल हुन सकेनन्। त्यतिवेला प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई बैठक २४ गतेका लागि सरेको बताएका थिए। तर पुनः बैठक २७ गतेका लागि सरेको छ।

 

यसबीच २४ गते प्रचण्ड र ओलीबीच भेटवार्ता भयो। भेटवार्तामासमेत उपचुनावको विषयमा छलफल भएको बताइएको छ।

 

यसबीच २२ गतेको बैठकमा उपचुनावको विषयमा आलोचना गरेका नेता ईश्वर पोखरेलले पार्टीका अध्यक्षहरु, वरिष्ठ नेता माधव नेपाल, स्वंम गौतमसहितका नेताहरुसँग छुट्टाछट्टै भेटेर उपचुनावको विरोध गरेका थिए।

 

पार्टी भित्र र बाहिर चर्को आलोचना भएपछि वामदेवको काठमाडौं ७ बाट चुनाव उठ्ने विषयको च्याप्टर क्लोज भयो। अध्यक्ष प्रचण्डले शुक्रबार भएको कार्यक्रममा भनेका छन्, ‘हिजो वामदेवजीले चुनाव लड्दिन भनिसक्नुभयो। यो लफडा सकियो।’

 

वामदेवलाई पद बुझाउन खोज्ने रामवीरलाई यस्तो हुने भो कार्वाही !

 

 

जब जनताको प्रतिनिधित्व गर्दै जनताकै लागि काम गर्छु भन्ने सपथ खाएर कुनै पनि व्यक्ति संसदभित्र छिर्छ भने उसले आफ्नो दायित्व पूरा गर्नुपर्छ । दायित्यबाट पन्छेर आफ्नो स्वार्थमा लाग्ने जोकोहीलाई जनताले कार्वाही गर्नुपर्छ । निश्चित रुपमा गर्छन् नै ।

 

तर त्यो भन्दा पहिले पार्टीले कार्वाही गर्ने संकेत मिलेको छ । काठमाडौं क्षेत्र नम्बर ७ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद रामवीर मानन्धरले जनमतको अपमान गर्दै निश्चित स्वार्थका लागि आफ्नो पद वामदेव गौतमलाई बुझाउन खोजेको आरोपमा कार्वाही भोग्नुपर्ने देखिएको छ ।

 

क्षेत्र ७ का जनताले रामवीरलाई कार्वाही गर्नुपर्नेमा बुधबारै एक मत जाहेर गरेका बेलामा बिहीबार पार्टीभित्रै उनलाई कार्वाही गर्नुपर्ने माग उठेको हो ।

 

पार्टीको नेतृत्व तहको एक खेमालाई मात्र जानकारी दिएर पत्रकार सम्मेलन गर्दै रामवीरले चर्चामा आउन खोजे । उनले निहित स्वार्थमा रहेर पार्टीलाई बदनाम गराउन खोजेको भन्दै कार्वाही गर्न खोजिएको एक स्थायी कमिटि सदस्यले बताएका छन् ।

 

उनले रामवीरसंग जोडिएका वामदेवलाई भन्दा पनि पार्टीलाई बदनाम गराउन खोजेकाले रामवीरलाई कार्वाही गर्नुपर्नेमा नेताहरुले कदम बढाउन खोज्ने जनाए ।

 

मवीरको यो कदमले सांसद पद बिक्रीका लागि राखिएको जस्तो भएको समेत चर्चा चलेको छ । रामवीरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका थिए ।

 

वामदेवले एक अर्बसम्म रुपैयाँ खर्च गर्न सक्ने चर्चा चलेपछि त्यसकै लोभमा पाँच करोड नगद, राष्ट्रिय सभा सदस्य र मन्त्री पद पड्काउन उनी बिक्रीमा लागेका थिए ।

 

पालो अब ओलीको 
कुनै समय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको खेमाका रामवीरले एकाएक खेमा बदले । संसदीय समितिमा रहन माग गरेका थिए । त्यहाँ पाएनन् । त्यसअघि मन्त्री पद मागेका थिए । त्यो पनि पाएनन् । त्यसपछि ओलीको खेमा उनले बदले ।

 

त्यही खेमा बदलेर दुवै हातमा लड्नु लिन उद्दत देखिएका रामवीरको राजनीतिक करियर अब छिट्टै सकिने आँकलन गर्न थालिएको छ ।

 

ओली अहिलेसम्म चुप लागेर बसे । अब चुप लाग्दैनन् भन्ने आँकलन गर्न थालिएको छ । पार्टी उच्च कमिटी र संसदीय दललाई समेत जानकारी नगराई निर्वाचित सांसदबाट राजिनामा दिने सार्वजनिक घोषणा गरेका उनलाई अनुशासनको कारवाही हुनेमा दुई मत नभएको दावी गर्न थालिएको छ ।

 

प्रचण्डको निवासमा असोज २१ मा भएको सहमति बमोजिम रामवीरले वामदेवलाई आफ्नो क्षेत्र खाली गराउन सहमत भएको भन्दै पत्र तयार भएको थियो । उक्त पत्र प्रचण्ड, वामदेव र रामवीरबीचको सहमति थियो ।

 

ओली अहिले पीडामा छन् । उनको मन्त्रिपरिषदमा इमानदारभन्दा बढी बेइमान देखिएका छन् । ओलीले मन्त्रिपरिषदका सदस्य फेर्नेसम्मको कदम चाल्ने सम्भावना रहँदा रामवीरले पार्टीलाई बदनाम गर्नका लागि देखाएको हर्कतले थप मर्माहत भएका छन् ।

 

विपक्षीको आरोपलाई रोक्न नेता तथा कार्यकर्तालाई अरिंगाल बन्नुपर्छ भनेका ओलीले आफ्नै पार्टीलाई टोक्न रामवीरजस्ता महाअरिंगाललाई देखेपछि कार्वाही त हुने नै छ । कस्तो कार्वाही होला त्यो भने चासोको विषय बनेको छ ।

 

ओलीको विकल्पका रुपमा वामदेवलाई अगाडि बढाउन खोज्ने जो कोही ओलीका शत्रु हुन् । यो परिस्थितिमा ओलीले रामवीरलाई त बाँकी राख्ने छैनन् रामवीरलाई उक्साउने कसैप्रति पनि उनले दयाभाव नराख्ने स्पष्ट छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्