निर्मला बलात्कार–हत्या प्रकरण : भेजाइनल स्वाब सुरक्षित राख्नु



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तकोे भेजाइनल स्वाब सुरक्षित राख्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

 

पटक–पटक गरिएको अनुसन्धान नै संकास्पद देखिएकाले पुनः अनुसन्धान गर्नका लागि प्रमाणहरू सुरक्षित राख्न आयोगले निर्देशन दिएको हो । बिहीबार आयोगले सबुत प्रमाणहरूको वैज्ञानिक परीक्षणका सम्बन्धमा रायसुझाब लिने उद्देश्यले कानुनी चिकित्साविज्ञ र डिएनए विज्ञहरूसँग छलफल गरेको थियो ।

पन्तको बलात्कारपछि भएको हत्यालगत्तै विभिन्न व्यक्तिको डिएनए परीक्षण र अन्य प्रमाणहरूका बारेमा विभिन्न टीकाटिप्पणी भइरहेका वेला आयोगले अहिलेसम्म भेटिएका प्रमाणहरू सुरक्षित राख्न भनेको हो । केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डिएनए टेस्ट शंकास्पद् देखिएको आयोगको निष्कर्ष छ ।

‘भेजाइनल स्वाब संकलन सही छ, तर परीक्षणमा केही विधि नपुगेको पाइएको छ,’ आयोगका सचिव मुरारीप्रसाद खरेलले भने, ‘डिएनए टेस्टमा केही आशंका लागेकाले थप परीक्षण गर्नुपर्ने निष्कर्षमा पुगेका छौँ ।’

निर्मलाको शवबाट संकलित भेजाइनल स्वाबको नमुना र त्यसबाट पृथकीकरण भएका डिएनए लगायतका सबुतहरू जे–जस्तो अवस्थामा छन्, त्यही रूपमा सुरक्षित राख्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको आयोगले जनाएको छ ।

साथै, निर्मलाको शवबाट भेजाइनल स्वाबको नमुना संकलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउँदा अपनाइएको प्रक्रियाबारे जानकारी गराउन महाकाली अञ्चल अस्पताल, कञ्चनपुरलाई पत्राचार गरिएको आयोगका सचिव खरेलले जानकारी दिएका छन् ।

छलफलमा आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्ती, सदस्य सुदीप पाठक, त्रिवि फरेन्सिक मेडिसिन विभागका कानुनी चिकित्साविज्ञ डा. हरिहर वस्ती, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए विज्ञ वैज्ञानिक डा. दिनेश झा, आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेल, उपनिर्देशक लोकनाथ बास्तोलालगायत आयोगका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...

३० अंकले घट्यो सेयर बजार

    मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको...