पूर्व राजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टिका लगाउन बोलाए निर्मल निवास



हाम्रो इकोनोमि

 

 

पुर्वराजा ज्ञानेन्द्रको यो वर्ष सर्वसाधारणलाई टिका लगाइदिने हुनुभएको छ । गत वर्ष टीका नलगाउनुभएका पुर्व राजा ज्ञानेन्द्रले यो वर्ष विजया दशमीको दिन दिउसो ३ बजेदेखि टीका लगाइदिने हुनुभएको हो ।

 

 

निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाका साइत अनुसार महेन्द्र मञ्जिलमा आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसंग टीका लगाउने कार्यक्रम तय भएको त ।

 

 

त्यसपछि दिउसो ३ बजेदेखि निर्मल निवासमा टीका लगाइदिने कार्यक्रम तय भएको निर्मल निवासले जनाएको छ । उता मुम्बइमा रहनुभएका ज्ञानेन्द्रको निर्देशन पछि ज्ञानेन्द्रका सबै कर्मचारी दशैको शुभकामना कार्ड बाड्न व्ययस्त छन ।

 

घटस्थापना लागे लगत्तै कर्मचारीले काड बाड्न शुरु गरेका हुन । ती कर्मचारीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पुर्व प्रधानमन्त्री देखि सुरक्षा निकायका प्रमुख, पुर्व प्रधान सेनापतिहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख लगायत आफन्तलाई शुभकामना कार्ड वितरण गरिएको छ ।

 

फुलपाति अघिल्लो दिनसम्म कार्ड वितरण गर्ने कर्मचारीले बताएका छन । ज्ञानेन्द्र फुलपातिको दिन नेपाल फर्कने कार्यक्रम तय भएको छ । भोलीपल्ट अर्थात अष्टमीको दिन नौ पिठमा दर्शन गर्ने कार्यक्रम तय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...