पूर्व राजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टिका लगाउन बोलाए निर्मल निवास



हाम्रो इकोनोमि

 

 

पुर्वराजा ज्ञानेन्द्रको यो वर्ष सर्वसाधारणलाई टिका लगाइदिने हुनुभएको छ । गत वर्ष टीका नलगाउनुभएका पुर्व राजा ज्ञानेन्द्रले यो वर्ष विजया दशमीको दिन दिउसो ३ बजेदेखि टीका लगाइदिने हुनुभएको हो ।

 

 

निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाका साइत अनुसार महेन्द्र मञ्जिलमा आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसंग टीका लगाउने कार्यक्रम तय भएको त ।

 

 

त्यसपछि दिउसो ३ बजेदेखि निर्मल निवासमा टीका लगाइदिने कार्यक्रम तय भएको निर्मल निवासले जनाएको छ । उता मुम्बइमा रहनुभएका ज्ञानेन्द्रको निर्देशन पछि ज्ञानेन्द्रका सबै कर्मचारी दशैको शुभकामना कार्ड बाड्न व्ययस्त छन ।

 

घटस्थापना लागे लगत्तै कर्मचारीले काड बाड्न शुरु गरेका हुन । ती कर्मचारीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पुर्व प्रधानमन्त्री देखि सुरक्षा निकायका प्रमुख, पुर्व प्रधान सेनापतिहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख लगायत आफन्तलाई शुभकामना कार्ड वितरण गरिएको छ ।

 

फुलपाति अघिल्लो दिनसम्म कार्ड वितरण गर्ने कर्मचारीले बताएका छन । ज्ञानेन्द्र फुलपातिको दिन नेपाल फर्कने कार्यक्रम तय भएको छ । भोलीपल्ट अर्थात अष्टमीको दिन नौ पिठमा दर्शन गर्ने कार्यक्रम तय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...