वामदेव गौतमसँग भिड्न रामचन्द्र पौडेल र अर्जुननरसिंह केसीको चर्चा



हाम्रो इकोनोमि

 

काठमाडौं–७ का निर्वाचित सांसद रामबिर मानन्धरले राजीनामा दिएसँगै अब नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतम उम्मेद्वार बन्ने निश्चित जस्तै छ ।

 

नेकपामा गौतमको चर्चा चलेसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा भने वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा चलेको छ । पौडेलको मात्रै होइन कांग्रेस वृतमा अर्का नेता अर्जुननरसिंह केसी पनि चर्चामा रहेका छन् ।

 

तर, उप-निर्वाचनमार्फत सांसद बन्ने गौतमको चाहना सजिलै पूरा नहुने निश्चत भएको छ । प्रतिपक्षी दलले बामदेवलाई हराउनेगरि हेभ्भी वेटका उम्मेद्वार पौडेल र केसीमध्ये एकलार्इ उठाउन छलफल गरिसकेको छ ।

 

सांसद मानन्धरले गौतमका लागि सिट खाली गर्न हिजै आफ्नो सहमती जनाएका थिए । सोमबार बसेको नेकपाको सचिवालय बैठकमा गौतमलाई काठमाडौँबाट उपनिर्वाचनमार्फत् संसदमा भित्र्याउने विषयमा छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...