श्रीलंकामा पूर्व राजाको रहस्यमय विशेष भेटघाट : राजतन्त्र फर्काउने चलखेल भएकै हो त ?



हाम्रो इकोनोमि

 

मुलुकको राजनीतिक माहौल अनौठो बन्दै गएको छ । कतिपय रहस्यमय गतिविधि हुन थालेको छ । कुनै अनपेक्षित घटनाको प्रतिक्षामा रहेको झैं छ राजनीतिक वातावरण । यस्तो अवस्थामा धर्म निरपेक्षता हटाउँदै हिन्दू राज्य पुनरस्थापनाका लागि भित्रभित्रै अनेक गोटीचाल भइरहेको तथ्य सतहमा देखिन थालेको छ ।

 

गोटीचालको केन्द्रमा हिन्दू राज्य पुनस्र्थापना र संघीयताको विदाई दुई विषय देखिन थालेको छ । संविधान संशोधनका लागि मधेसवादी पार्टीहरूले आवाज उठाउन घटाउँदै लैजानुलाई हिन्दू राज्य पुनस्थापनाको प्रयासकारुपमा पनि बुझ्न थालिएको छ ।

 

यतिबेला राष्ट्रिय जनता पार्टीभित्र विधान मस्यौदा भइरहेको छ । विधान मस्यौदाको छलफलका क्रममा त्यसका कतिपय नेताहरूले विधानमा हिन्दू राज्य अनुरुपको विधान बनाउनुपर्छ भन्न थालेका छन् ।

 

राजपाका कतिपय नेताहरूले संविधान संशोधनको पक्षमा आवाज उठाउन बन्द गरिएको नभई आफ्ना पुराना मागहरूसँगै हिन्दू राज्यको मागलाई पनि अगाडि बढाउन केही समय चुप लागिएको भन्न थालेका छन् ।

 

राजपामा मात्र नभएर फोरमभित्र समेत हिन्दूवादीहरूको बोलवाला बढ्न थालेको छ । दुवै पार्टी मधेसमा आधारित छन् र मधेसमा हिन्दूत्वको प्रभाव पहाडी क्षेत्रमा भन्दा गहिरो भएको मानिन्छ । अब नेपालमा हिन्दू राज्य पुनस्थापनाको माग, मुद्दाले निकै सघनरुप लिने आंकलन सरकारमा बसेकाहरूले पनि गर्न थालेका छन् ।

 

कतिपय गुप्तचर विश्लेषणमा आगामी दिनमा हिन्दू राज्य पुनस्थापनाको विषयले प्रधानता पाउने भनिएको छ । यो कुरा गृहमन्त्री रामबहादुर थापा वादलले पनि निकटहरूसँग भन्न थालेको चर्चा छ ।

 

संविधानबाट धर्म निरपेक्षता हटाएर हिन्दू राज्य लेख्न सके हिन्दू धर्मकै पुनस्थापना हुने र त्यससँगै राजतन्त्र पनि पुनस्थापित हुने मान्यता हिन्दूत्व अभियानमा लागेकाहरूले भन्ने गरेका छन् । विगतमा धर्म निरपेक्षताको पक्षमा लागेकाहरू पनि अहिले आएर सो विचारको पक्षमा दृढ हुन सकिरहेका छैनन् ।

 

कतिपय धर्म निरपेक्षता पक्षधरहरू हिन्दू राज्य पुनस्थापित हुनुपर्छ भन्न थालेका छन् । कतिपय चाहिँ हिन्दू राज्यको पक्षमा नरम बन्दै गएका छन् । जानकारहरू भन्छन्– हिजो धर्म निरपेक्षताका सूत्रधार बनेका पूर्व माओवादीका प्रभाविला नेताहरू समेत हिन्दू राज्यको पक्षमा नरम बन्दै गएका छन् ।

 

क्रिश्चियन धर्ममा लागेका र धर्मनिरपेक्षताको भरमग्दुर वकालत गरेकाहरू नै संविधानमा हिन्दू धर्मको पुनस्थापनाको पक्षमा खुलेर लाग्न थालेका छन् । यसले अबको राजनीति बढी पेचिलो बनाउने संकेत देखाइसकेको छ । हिन्दू राज्य पुनस्थापनाको कुरा चर्किनासाथ पूर्वमहाराजा ज्ञानेन्द्र शाहतिर सबैको नजर लाग्ने गरेको छ ।

 

जानकारहरू भन्छन्, विगतमा पूर्वमहाराजा  ज्ञानेन्द्रले राजतन्त्र पुनस्थापनाका लागि मात्र प्रयत्न गरे, हिन्दू राज्य पुनस्थापनालाई दोस्रो प्राथमिकतामा राखे । तर, अब उनले हिन्दू राज्य पुनस्थापनालाई पहिलो प्राथमिकतामा राखेको स्रँेतको दावी छ ।

 

यो कारणले देशभित्रका अनेक शक्तिहरू हिन्दूहरूलाई हिन्दू राज्यको पक्षमा लाग्न सजिलो भएको बताउन थालेका छन् । सीधै राजतन्त्र पुनस्थापना भन्न नसक्नेहरूले पनि हिन्दू राज्यको पक्षमा लागेर राजतन्त्र पुनस्थापनालाई परोक्ष समर्थन गर्न थालेका छन् ।

 

यस बीच पूर्वमहाराजा ज्ञानेन्द्र शाह अहिले धार्मिक र विशेष राजनीतिक भेटघाटमा विदेशमा व्यस्त छन् । त्यही मौकामा नेपालमा केही नेताहरू हिन्दू धर्मको बारेमा जनमत संग्रहमार्फत टुंगो लगाउनुपर्ने तर्क गर्न थालेका छन् । त्यसकारण राजनीतिक व्यवस्थामाथिको परिवर्तनमा अहिले गम्भीररुपमा बहस हुन थालेको छ , जो बाहिर कम प्रकट भइरहेको छ ।

 

देखिने मुद्दाका रुपमा हिन्दू धर्म भए पनि त्यसको अन्तर्यमा भने संघीयताको विदाई  र राजसंस्था पुनस्थापनाको मुद्दा पनि निहितार्थ छ । संघीयताको विदाईले स्वत हिन्दू राज्य र राजतन्त्र पुनस्थापना हुन्छ र हुनुपर्छ भन्ने मान्यताले आकार लिन थालेको छ ।

 

मुलुकभित्रको माहौल यस्तो भइरहेको बेला पूर्व राजा ज्ञानेन्द्र २९ भदौमा विदेश भ्रमणमा निस्केका थिए, अहिले उनी माल्दिभ्सको पर्यटकीय भ्रमणमा रहेको बुझिन्छ ।

 

सुरुका केही दिन थाइलैण्ड भ्रमणमा थिए  भलै त्यो भ्रमण भने नितान्त पारिवारिक मात्र भएको बताइएको छ । नातिनातिनसँगे भेटघाटका लागि थाइलैण्ड पुगेका ज्ञानेन्द्र शाह त्यसपछि श्रीलंका गए । १५ दिन लामो श्रीलंका भ्रमण नै अहिलेको राजनीतिको खास मेरुदण्डका रुपमा व्याख्या गर्न थालिएको छ ।

 

श्रीलंका भ्रमणबाट पूर्वराजा ज्ञानेन्द्र निक्कै उत्साहित भएको बुझिन्छ । जानकारहरूका अनुसार श्रीलंकामा उनले निक्कै महत्वपूर्ण र रहस्यम राजनीतिक भेटघाट गरेका छन् ।

 

पूर्वराजा ज्ञानेन्द्रनिकट स्रोतका अनुसार राजसंस्था पुनस्थापनाका लगि भएका भगिरथ प्रयत्नमध्ये श्रीलंकाको भ्रमण निकै महत्वपूर्ण र अहिलेसम्मकै उपलव्धिमूलक पनि भएको छ ।

 

स्रोत अनुसार, श्रीलंकामा पूर्वराजा ज्ञानेन्द्रले अमेरिका, चीन र भारतका राजनीतिक व्यक्तिहरूसंग सघन भेटवार्ता र विशेष छलफल गरेका छन् । सार्क बाहिरका मुलुकका नेताहरूसँग पनि उनको भेटघाट भएको बताइएको छ ।

 

२० असोजसम्म श्रीलंकामा रहेका ज्ञानेन्द्र अहिले माल्दिभ्स भ्रमणमा छन् । यो भ्रमण भने नितान्त पर्यटकीय भ्रमणका रुपमा लिइएको छ । त्यसपछि अर्थात् २३ असोजबाट भारतको मुम्वईमा हुने धार्मिक, राजनीतिक भ्रमणलाई पनि निकै महत्वपूर्णरुपमा हेरिएको छ ।

 

मुम्वईको भ्रमण पहिला विशुद्ध धार्मिक भ्रमणका रुपमा रहेको थियो । मुम्वईको एक धार्मिक कार्यक्रममा सहभागी भएर नेपाल फर्किने योजनामा पूर्वराजा ज्ञानेन्द्र थिए । तर, अहिले धार्मिक साथै राजनीतिक भेटघाट पनि तय भएको स्रँेतको दावी छ ।

 

यसले गर्दा पनि पूर्वराजा ज्ञानेन्द्र र उनी निकटहरूमा उत्साह थपिन थालेको छ । ९ दिन लामो मुम्बई भ्रमणपछि फुलपातीको दिन पूर्वराजा ज्ञानेन्द्र नेपाल फर्किनेछन् ।

 

नेपालको राजनीतिमा पछिल्ला गतिविधिहरू गम्भीररुपमा अगाडि बढेका छन् । पूर्वराजा  ज्ञानेन्द्रको विदेश यात्राकै क्रममा कांग्रेसका महाममन्त्री शशांक कोइरालाले नेपालमा हिन्दू धर्मलाई जनमत संग्रहबाट टुंगो लागनुपर्ने तर्क गरेका थिए ।

 

एक सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले यो कुरा विगतभन्दा बढी नै गम्भीरतापूर्वक उठाएका थिए । यो संयोगमात्र नभएको राजनीतिक टिप्पणी हुन थालेको छ ।

 

 

हुन त, सुजाता कोइराला र कृष्ण सिटौलाबीचमा पनि केही दिन पहिला भेटघाट भएको थियो । त्यो भेटमा सिटौलाले देश गम्भीर मोडतिर लागेको उल्लेख गरेका थिए । तर, विस्तृतमा बताएनन् । राजनीतिक दलका केही नेताहरू देश गम्भीर मोडमा पुगेको बताउने गर्छन् तर कारण भन्दैनन् ।

 

 

उनीहरूलाई प्राप्त सूचनाका आधारमा पनि नेपाल हिन्दू राज्य हुन सक्छ भन्ने आंकलन पनि होला । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले एक कार्यक्रममा हिन्दू धर्मको सन्दर्भ जोडेर भारतले नाकाबन्दी लगाएको कुरा गरेका थिए । त्यो प्रसंग सेलाउन नपाउदै कांग्रेस नेता शशांकको कुरा आउनुलाई पनि निकै गभीरतापूर्वक हेरिएको छ ।

 

 

यसै बीच कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ । यो वैठकले महासमिति बैठकको आधारहरू तय गर्ने छ । महासमिति बैठकसम्ममा हिन्दू राज्य पुनस्थापना अभियानलाई कांग्रेसभित्र निक्कै ठूलो उचाईमा पु¥याउने तयारी भइरहेको छ ।

 

धर्म निरपेक्षता पक्षधरहरूले एकलौटी सरकार कब्जा गरेको बेला हिन्दू राज्य पक्षधरहरूले थालेको घेरावन्दीले मुलुकभित्र ठूलो उथलपुथल मच्चाउने अपेक्षा गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...