गुण्डा नाइके समिरमानको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज



हाम्रो इकोनोमि

 

 

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या अभियुक्त गुण्डा नाइके समिरमान बस्नेतको रिहाइ गर्न माग गर्दै दायर भएको बन्दी प्रत्यक्षीकरण मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ ।

 

न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलाशले बन्दी प्रत्यक्षीकरणको रिट खारेजीको निर्णय गरेको हो । सर्वोच्चको आदेशपछि बस्नेत थुनामै रहने भएका छन् ।

 

ललितपुरस्थित नख्खु कारागारबाट मुस्ताङ कारागार पठाइएका गुण्डा नाइके बस्नेतलाई बन्दी प्रत्यक्षीकरण मुद्दाका लागि सर्वोच्च अदालत ल्याउन आदेश दिइएको थियो । अदालतको आदेशपछि मुस्ताङबाट सर्वोच्च झिकाइएका बस्नेतको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको हो ।

 

बस्नेतलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सुधीरमानसिंह बस्नेतले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले समिरमानलाई भारतबाट पक्राउ गरेको थियो ।

 

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको थियो । उनी यसअघि पनि गुण्डागर्दी आरोपमा पटक–पटक पक्राउ पर्दै आएका थिए ।

 

जेलमै बसेर अर्का गुण्डा नाइके रमेश बाहुनसँग मिलेर ब्यापारीलाई धम्क्याएपछि समिरमानलाई जेल प्रशासनले मुस्ताङ कारागार सरुवा गरेको जनाइएको छ । समिरमानका परिवारले उनलाई जेल सार्ने वहानामा ‘इन्काउण्टर’ गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...