पत्रकारसँग आपूर्तिमन्त्री आगो, भने, ‘त्यो समाचार लेख्ने अपराधी हो’



हाम्रो इकोनोमि

 

 

उद्योग वणिज्य तथा आपूर्तिमन्त्री मात्तृका यादवले चाडवाडको मुखमा बजार भाऊ बढेको, चिनीको मूल्य आकाशिएको विषयमा बाहिरिएका समाचारको कुनै आधार नभएको आरोप लगाएका छन् ।

 

बजार अनुगमनबारे मिडिया र पत्रकारहरुको समाचार सम्प्रेषण शैलीप्रति निकै आक्रोशित देखिएका मन्त्री यादवले अहिले चिनीको अभाव भएको, बजार भाउ बढेकोलगायत समाचारप्रति गम्भीर आपत्ति जनाएका छन् ।

 

चिनीको भाउ नबढेको र अनुगमन पनि व्यवस्थित रूपमा भएको दावी गर्दै यादवले पत्रकारहरु यी समाचार पूर्वाग्रही बनेको आरोप लगाए । रिपोर्टस् क्लव आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने, ‘बजारमा चिनीको कुनै अभाव छैन । र बजार भाउ पनि बढेको छैन् ।’

 

पत्रकारहरुप्रति निकै आक्रोशित मन्त्री यादवले थपे, ‘चिनीको अभाव छ भनेर समाचार लेख्नेलाई कति चाहियो ? चिनीको बोरा नै जीउमा हालेर पठाई दिन्छौं । त्यसैले अनर्गल प्रचार गर्ने अपराध गर्नु हुँदैन । उनले भने, ‘हामी अहिले अनुगमन गरिरहेका छौँ । बजार अनुगमन गरिएन भनेर भनिएको छ । भोलि गृह, अर्थ, सामान्य प्रशासन र हाम्रो मन्त्रालयबीच आपसी छलफल छ ।

 

हामी एउटा बलियो संयन्त्र बनाएर काठमाडौंमा मात्रै होइन, पूरै देशमा बजार अनुगमन गर्छौँ ।’ यस्तै यादव चिनी आयात बढाउन एक अर्ब ६९ करोडको चलखेल भएको आरोप निराधार भन्दै पत्रकारको भूमिकाप्रति आक्रोशित बने ।

 

उनले भने, ‘यत्रो पैसा चलखेल गर्न अहिलेको जमानामा त्यति सजिलो छ र ? ट्रक बिना त्यत्रो पैसा चल्दैन । जीपमा बोकेर हुँदैन । एउटा ट्रकले मात्रै पनि हुँदैन । त्यत्रो ट्रक बोक्न दुई वटा ट्रक चाहिन्छ ।

 

अर्बौको कारोबार हुँदा बैंकमा थाहा हुन्छ नि । यसमा निष्पक्ष छानबिन हुनुपर्यो भनेर सभामुखलाई मैले पत्र पनि लेखेको छु ।’ मन्त्री यादलवले पत्रकारहरुलाई ‘न्यूज’ लेख्दा आफ्नो ‘भ्युज’ नघुसाउन समेत आग्रह गरे ।

 

यादवले भने, ‘आफ्नो कुरा लेख्नै मन लागे आर्टिकल लेखे हुन्छ । भ्रष्टाचार गर्‍यो भनेर ठूलो ब्यानर बनाएर न्युज लेख्छ, तर त्यही न्युजको खण्डन पठायो भने कुनामा यत्रो सानो अक्षरमा लेख्छ । मातृका आएपछि नि बेच्यो भनेर समाचार लेख्यो । तर मातृकाले कुनै खानी बेचेको छैन । त्यो समाचार लेख्ने नै अपराधी हु्न् ।’

 

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...