आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबीच ३ बुंदे सहमति



हाम्रो इकोनोमि

 

पेसागत सुरक्षाको माग गर्दै आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबीच ३ बुंदे सहमति भएको छ ।

 

स्थायी गर्ने नीतिगत प्रावधान राख्न माग राख्दै आन्दोलित सामुदायिक विद्यालयका राहत शिक्षक र शिक्षा मन्त्रालयबीच ३ बुंदे सहमति भएको हो ।

 

चार बुंदे माग पेश गर्दै देशभरका करीब ४० हजार राहत शिक्षक आन्दोलित थिए । सोमबार शिक्षा विकास तथा मानव स्रोत केन्द्र भक्तपुरमा भएको वार्तामा यस्तो सहमति जुटेको हो ।

 

केन्द्रका महानिर्देशक बावुराम पौडेलकाअनुसार नेपाल राहत शिक्षक केन्द्रिय समितिसँग मन्त्रालयका वार्ता समितिका संयोजक तथा सहसचिव सूर्यप्रसाद गौतमको टोलीले वार्ता गरेको थियो ।

 

राहत शिक्षकका माग संघीय शिक्षा ऐनको विधेयकको मस्यौदामा समावेश गर्ने, राहत र अनुदान कोटाका शिक्षकलाई अस्थायी शिक्षक सरह अवसर दिन मन्त्रालयको संवाद समितिमा छलफल गर्ने र आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको पौडेलले जानकारी दिएका छन् ।

 

आइतबार राहत शिक्षकहरुले पढाउन छाडेर राजधानीमा प्रदर्शन गरेका थिए । शिक्षकहरु आन्दोलित बनेपछि वार्ता र सहमतिमा आउन पत्राचार गरेका थियो ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...