खुर्सिदको बदलामा किशोरीलाल नेपाललाई भारतको ‘उपहार’ (भिडियोसहित)



हाम्रो इकोनोमि

 

 

गत असोज १४ गते जिल्ला प्रहरी कार्यालय बाँकेले १४ वर्षअघि नेपालगञ्जमा सुनचाँदी व्यवसायी दीपक हेमकरसहित ५ जनाको हत्या गर्ने मुख्य अभियुक्त भनिएका किशोरी लाल सोनीलाई पक्राउ गरेर सार्वजनिक गर्यो ।

बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलको दाबी थियो – भारतबाट जमुना नाका हुँदै नेपाल फर्किँदै गरेका सोनीलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो ।

 

यसरी समातिए १४ वर्षअघिको हेमकर परिवार हत्याकाण्डका मुख्य अभियुक्त

तर, अहिले एउटा भिडियो प्राप्त भएको छ जसमा नेपाल–भारत सीमामा कथित रुपमा पक्राउ परेको भनिएका किशोरीलाल सोनीको केही दिनअघि भारतको लखनउमा अपहरण भएको देखाइएको छ ।

अब प्रश्न आउँछ – ठीक २ दिनअघि भारतमा अपहरणमा परेका सोनी कसरी एकाएक नेपालमा सार्वजनिक भए ?

स्रोत भन्छ, यो सुनसरीका खुर्सिद आलमको हत्याको बदलामा भारतले नेपाललाई दिएको उपहार हो ।

पाकिस्तानी आतंकवादीसँग साँठगाँठ रहेको तथा मुम्बईमा भएको बम ब्लास्टमा खुर्सिदको संलग्नता देखिएपछि भारती पक्षबाट नै उनको हत्या गरेको भन्ने समाचार समाचारहरु बाहिर आइसकेका छन् ।

 

स्रोत भन्छ, ‘खुर्सिदलाई हत्या गर्नमा नेपाल प्रहरीले सघाएबापत भारतीय प्रहरीले सोनीलाई समातेर नेपाल प्रहरीलाई सुम्पेको हो ।’

सोनीलाई सेप्टेम्बर २८ तारेखमा लखनउबाट अपहरण शैलीमा भारतीय प्रहरीले पक्राउ गरेको थियो । ।

तर, बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेल भन्छन्, ‘सोनीलाई असोज १३ गते नेपालगञ्जको जमुनाहाबाट पक्राउ गरेका हौँ । उनी नेपालगञ्ज आउन लागेको सुराकीको आधारमा पक्राउ गरेका हौँ ।’

यता, लखनउबाट किशोरीलाल सोनी असोज १२ गते अपहरणमा परेको कुरा लखनउ प्रहरीले नै स्वीकार गरेको छ ।

बुवा अपहरणमा परेको भन्दै विकास सोनीले त्यहाँको प्रहरीमा उजुरी पनि गरेका छन् ।

किशोरीलाललाई अपहरण गरेको दृश्य भिडियोमा पनि हेर्न सकिन्छ । र, लखनउ प्रहरीको स्वीकारोक्ति पनि ।

हेर्नुहोस् भिडियो

तर, प्रहरी उपरिक्षक पौडेल आफूहरुलाई सोनी अपहरणमा परेको कुनै जानकारी नभएको बताउँछन् ।

उनी भन्छन्, ‘लखनउमा किशोरीलाल अपहरणमा परेको कुरा हाम्रो जानकारीमा छैन । हामीले नेपालमा उनलाई हिड्दै गरेको अवस्थामा समातेका थियौँ । अहिले थप अनुसन्धानका लागि थुनामा राखेका छौँ ।’

१४ वर्षअघि नेपालगञ्जका सुन व्यपारी दीपक हेमकारसहित उनका परिवारका ५ जनाको हत्या भएको थियो । दीपक हेमकर किशोरलाल सोनीका ज्वाइँ हुन् ।

दीपकले नेपालगन्जस्थित आफ्नै घरमा न्युदीप ज्वेलर्स नामको सुन पसल सञ्चालन गर्दै आएका थिए ।

घरमा सुतिरहेको बेला २ दीपकसहित ६२ वर्षीय जगदेव हेमकर, ८२ वर्षीया गुलावदेवी हेमकर, ४५ वर्षीया सीतादेवी हेमकर र घरमा काम गर्न राखिएका रामशनिचर चौधरीको हत्या भएको थियो । ।

संयोगवस दीपककी श्रीमती अर्थात् किशोरीलालका छोरी त्यस दिन माइती गएकी थिइन् ।

 

छानविनमा किशोरीलाल मुछिएपछि नेपाल प्रहरीले उनलाई खोजीको सूचीमा राखेको थियो ।

भारत लखनउ सीतापुर प्रियदर्शनी कलोनी रोडका ६४ वर्षीय किशोरीलाल सुन व्यवसायी नै हुन् ।

नेपाल प्रहरीले किशोरलाललाई पटक–पटक पक्राउ गर्न चाहे पनि भारतीय प्रहरीको असहयोगका कारण सम्भवन भएको थिएन ।

प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीले लखनउ प्रहरीलाई पटक–पटक सुम्पिन आग्रह पनि गरेको थियो । तर, उताबाट नेपाल प्रहरीले कुनै सहयोग पाएन ।

यता, सुनसरीमा खुर्सिदको हत्या लखनउको स्पेशल टाक्स फोर्सको सहयोगमा भएको पनि उच्च सुरक्षा स्रोतले जनाएको छ ।

सो अपरेशन सफल भएपछि भारतीय प्रहरीले ‘उपहार’ स्वरुप सोनीलाई नेपाल प्रहरीसमक्ष सुम्पेको हो ।

यसरी दुई देशका प्रहरीले हाइप्रोफाइल अपराधीलाई नेपाल भारत सीमामा पक्रेको भनेर सुपुदर्गी गरेको पहिलो अवसर भने होइन ।

यसअघि पनि इन्डियन मुजाहिद्दिनका मास्टर माइन्ड यासिन भटकाल र अब्दुल करिम तुन्डालाई नेपाल प्रहरीले समातेर भारतीय प्रहरीलाई बुझाइएको थियो । त्यतिबेला पनि उनीहरु नेपाल–भारत सीमामा पक्राउ परेको दाबी प्रहरीको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...