चर्कियो विवाद : प्रस्ताव नआएपनि सांसदले प्रदेशको नाम र राजधानीबाहेक बोल्नै छाडे !



हाम्रो इकोनोमि

 

 

प्रदेश नम्बर १ को प्रदेश सभामा प्रदेशको नाम र राजधानीको विषय अनौपचारिक रूपमा प्रवेश गरेको छ । प्रदेश सभामा सरकारले प्रस्ताव पेश गर्न नै बाँकी रहेपनि सांसद्हरूले यस विषयमा धारणा राख्न थालेका हुन् ।

 

 

प्रदेश सभामा प्रवेश नै नगरेको विषय एकाएक अघिल्लो बैठकमा उठेपछि शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले प्रदेशको स्थायी राजधानी, नामका विषयमा धारणा राख्न थालेका छन् ।

 

 

आइतवार बसेको प्रदेश सभा बैठकमा बोल्ने ३ सांसदले स्थायी राजधानी र नामको विषयसँगै एकै स्थानमा मन्त्रालय र प्रदेश सभा राख्न सुझाव दिएका छन् ।

 

 

मुख्यमन्त्री शेरधन राईले मन्त्रालय विराटनगर राख्ने र प्रदेश सभा भवन विराटनगर बाहिर लाने अभिव्यक्ति दिएपछि सांसदहरूले प्रदेशका सबै संयन्त्र केन्द्रीकृत हुनुपर्ने धारणा राखेका हुन् ।

 

 

शून्य समयमा बोल्दै सुनसरीका सांसद तहिर मियाले १ नम्बर प्रदेशको राजधानी र नाम तोक्ने विषयले जनतालाई दु:ख दिन नहुने भन्दै प्रदेश सभा र मन्त्रालयहरू एउटै शहरमा हुनुपर्ने धारणा राखे ।

 

 

उनले अहिलेको अवस्थामा प्रदेशको राजधानी एकातिर राखेर अर्कोतिर मन्त्रालय अनि अर्कोतिर संसद भवन राख्दा जनतालाई दु;ख हुने बताए ।

 

 

सांसद् शान्ता पौडेलले राजधानीको विषय फरक-फरक स्थानमा राख्न नहुने तर्क गर्दै आमनागरिकको उपभोग्य अधिकारका विषयमा पनि प्रदेश सरकारले चासो दिनुपर्ने बताइन् ।

 

उनले खुलेआम उपभोक्ताहरू ठगिनुपरेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण समेत गराइन् । बजारमा कम तौल भएका ढकतराजु प्रयोग भइरहेको टुलुटुलु हेरेर बस्न नहुने उनको भनाइ छ ।

 

 

सुरक्षाको माग

 

ताप्लेजुङका सांसद् बलबहादुर साम्सोहाङले एक नम्बर प्रदेशको स्थायी राजधानी र नामको विषय सदनमा प्रवेश नै नभएको अवस्थामा बजारमा कुरा चर्किएको बताए ।

 

सदनमा प्रदेशको नाम र राजधानीको बारेमा छलफल गर्दा कतिपय कुरा जनताको भावना र विचारका रूपमा आएकाले त्यसको पनि सम्मान गर्नुपर्ने बताए ।

 

प्रदेश राजधानी र नाम यो या त्यो भएन भने ज्यान खतरामा छ भनेर सांसद्हरूले नै कुरा उठाएको तर्फ इंगित गर्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

 

‘कसैले ओल्लो कसैले पल्लो गाउँ माग्न पाउँछ,’ उनले भने, ‘तर यसै विषयलाई लिएर सांसदहरूलाई असुरक्षित गराइएको छ । म सरकारको ध्यानाकर्षण गरउँछु ।’

 

संसद्को अघिल्लो बैठकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्जकी सांसद् विष्णु तुम्बाहाम्फेले प्रदेशको नाम लिम्बुवान नभए जस्तोसुकै कदम चाल्न सक्ने भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...