स्वतः स्थायी हुनुपर्ने माग गर्दै शिक्षकको प्रदर्शन



हाम्रो इकोनोमि

 

 

 

पेशागत सुरक्षाको माग गर्दै राहत शिक्षकहरुले आज राजधानीमा प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयमा आफूहरु लामो समयदेखि कार्यरत रहेकाले प्रक्रिया पुर्‍याएर स्थायी गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले आफूहरुलाई अस्थायी सेवामा लग्नुपर्ने माग विगतदेखि नै सरकारसँग राख्दै आएको समितिका काठमाडौँ महानगरपालिका समितिका अध्यक्ष शङ्करराज न्यौपानेले बताए । उनले भने, ‘अस्थायीको प्रक्रियामा लगेपछि हामी त्यहीँबाट स्थायीको प्रक्रियामा सहभागी हुनेछौँ ।’

सशस्त्र द्वन्दका समयमा सरकारले दरबन्दीका शिक्षक अपुग भएका विद्यालयमा राहत शिक्षकको व्यवस्था गरेको थियो । देशभरका सामुदायिक विद्यालयमा ४० देखि ४२ हजार राहत शिक्षक कार्यरत रहेको समितिको दाबी छ । विभिन्न संस्था र विद्यालयको निजी स्रोतबाट राहत शिक्षकले तलब सुविधा पाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...