निर्मलाका हत्यारालाई राज्यले संरक्षण दियो, एसपी नै हुन् मूल दोषी (कुराकानी)



हाम्रो इकोनोमि

 

 

कञ्चनपुरकी निर्मला पन्तको हत्याको दोषी अहिलेसम्म पत्ता लागेको छैन भन्दै देशभर आन्दोलन भइरहेको छ । त्यसका विषयमा विशेषः राजधानीमा दैनिक प्रदर्शन भइरहेको छ । यही प्रदर्शनका बीच नयाँ शक्ति पार्टीकी नेतृ कल्पना धमलाले दोषी पत्ता लगाउने जिम्मेवारी आफूलाई दिए पत्ता लगाउने दाबी गरिन् । यसै विषयमा हामीले  नयाँ शक्ति पार्टीकी नेतृ एवं पूर्वमन्त्री कल्पना धमलासँग कुरा गरेका छौँ ।

० निर्मला पन्तको हत्यारा आफूले पत्ता लगाउने भन्नुभएछ । यसका के आधार छन् ?
– आधार त घटनाका तथ्यहरु बाहिर आइरहेका छन् । निर्मलाको हत्या भएपछि प्रहरीले गरेको खोजबिनको प्रकृया, उनका परिवारले दिएको प्रतिक्रिया, त्यहाँका नागरिक समाज, अधिकारकर्मीले त्यहाँ गरेको आन्दोलनमाथि दमन, घटनाको तथ्य लुकाउन गरिएका हर्कतले के पुष्टि गर्छ भने घटना लुकाउन एसपी विष्टको ठूलो हात छ । एसपी विष्टलाई राज्यले हत्यारा को हो ? किन तथ्य लुकाउन यो हर्कत गर्यो भनेर सोधिखोजी गर्नुपर्छ । त्यहाँ निर्मलाको हत्या मात्र भएन, खुना चौधरीको मृत्यु भयो, अर्का एक अझै अचेत अवस्थामा छन् । न्यायका निम्ति उभिएका मान्छेहरु किन मार्नुपयो । काहिँ न काहिँ एसपीको हात छ । हत्यारा पत्ता लगाउन सरकारलाई तथ्यको अभाव होइन । प्रमाण लुकाएर डिएनए रिर्पोट कुर्न जरुरी थिएन । त्यसको सम्पूर्ण जवाफ एसपीले दिनुपर्छ । तथ्य लुकाउन एसपीले किन यत्रो हर्कत ग¥यौं भनेर सोधियो भने सबै कुरा बाहिर आउँछ । राज्यले हत्यारा पत्ता लागेन भन्नु गैरजिम्मेवारपन हो । राज्य नै हत्याराको संरक्षणमा छन् भन्ने पुष्टि हुन्छ ।

० राज्यलाई चुनौति दिनुभएको हो ?
– राज्यलाई चुनौति दिनेभन्दा पनि सत्य किन लुकायो राज्यले ? सत्य र तथ्य राज्य आफू लुकाउने अनि हत्यारा पत्ता लागेन भन्ने ? अधिकारसहित त्यो जिम्मेवारी मलाई दिए, म पत्ता लगाइदिन्छु ।

० एसपीलाई छानबिन गर्नेवित्तिकै घटनाको तथ्य बाहिर आउँछ भन्न खोजेको हो ?
– राज्यले चाहने हो भने जुनसुकै घटनाको तथ्य बाहिर ल्याउन सक्छ । छानबिनका धेरै प्रकृया हुन्छन् । घटनाको दोषी पत्ता लागेन भनेर फटाइ गर्न सकिन्छ । राज्यले चाहेर हत्यारा पत्ता लगाइ छाड्छु भन्ने हो भने घटनाको वास्तविकता बाहिर आउँछ ।

० एसपी दोषी हुन् ?
– त्यत्ति मात्र होइन, घटनाको तथ्य लुकाउन एसपी कसरी संलग्न भए त्यो हेर्दा स्पष्ट हुन्छ । एसपीले जर्बजस्ती लास बुझ, होइन भने कहाँ पु-याइ दिन्छु भनेर धम्की दिने, आन्दोलनमा गोली चलाउने, मान्छे मार्ने, छानबिनमा कुनै चासो नदेखाउने काम एसपीले गरे । पुलिस प्रशासनको जिम्मेवारी त्यही हो ? निर्मलाको मात्रै हत्याको कुरा छ र सन्नी खुनाको मृत्यु भएको छ । एक जनाको दुई महिनासम्म होस् आएको छैन । एउटै मान्छे मात्रै मारिएको हो र ? अनि एसपी दोषी छैनन् भन्ने मान्छेहरु पनि भेटिएलान् र भन्या ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस असन्तुष्ट समूहले देउवासहितको राष्ट्रिय भेला गर्ने

    सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएसँगै पूर्वसभापति शेरबहादुर...

ओलीसहित वर्तमान कार्यसमितिको वैधानिकता सकिएको कार्यदलको निष्कर्ष

      नेकपा एमालेमा पार्टी संगठन सुदृढीकरण तथा निर्वाचन परिणामको समीक्षा गर्न...

नबिल बैंकको नाफा ३४ प्रतिशतले बृद्धि

     नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको दबाब बढिरहेका बेला...

खराब कर्जाले बैंकिङ क्षेत्रमा बढ्दो दबाब

    नेपालको बैंकिङ क्षेत्र यतिबेला बढ्दो खराब कर्जाको चपेटामा परेको छ ।...