निर्मला हत्या प्रकरण : प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पूर्वमन्त्रीको धर्ना



हाम्रो इकोनोमि

 

 

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कांग्रेस नेता तथा पूर्वमन्त्री रमेश लेखक धर्ना बसेका छन् ।

 

पूर्वमन्त्री रमेश लेखक गृह जिल्ला कञ्चनपुर पुगेर निर्मला पन्तको न्यायका लागि जारी आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । उनी गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी निर्मला पन्तको न्यायका लागि जारी आन्दोलन अन्तर्गत धर्नामा बसेका हुन् ।

बलात्कारपछि गरिएको हत्या घटनाका बारेमा सरकारद्वारा गठित उच्चस्तरीय छानविन समितिको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनमा पुगेर नेता लेखकले आइतबार बिहान ऐक्यवद्धता जनाएका हुन् ।

उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग राख्दै कञ्चनपुरमा नागरिक संघर्ष समितिले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी निर्मला पन्तका हत्यारा अझैसम्म पक्राउ पर्न सकेका छैनन् । निर्मलालाई न्याय दिनुपर्ने माग गर्दै कञ्चनपुरसँगै काठमाडौं लगायतका जिल्लाहरुमा लामो समयदेखि आन्दोलन हुँदै आएको छ ।

केही दिनअघि निर्मला पन्तको हत्या घटनामा प्रहरीले लापरवाही गरेको भन्दै सत्तारुढ दल ने क पाका भ्रातृसंगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गर्दै गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...