बिखण्डनकारी सिके राउतसंग महन्थ ठाकुरको यस्तो रहेछ भित्री साँठगाँठ



हाम्रो इकोनोमि

 

राजपाको राजनीतिक धार अब कता जान्छ ? वा उसले के गर्छ ? भन्ने प्रश्न यतिबेला निकै चासोको विषय बनेको छ । अध्यक्ष महन्थ ठाकुरले ‘स्वतन्त्र मधेशका अभियन्ता’ भनिएका बिखण्डनकारी सिके राउतसंग छलफल भएको कुरा एउटा पत्रकार सम्मेलनमा सार्वजनिक अभिव्यक्ति दिएपछि यस्तो प्रश्न उठेको हो ।

 

राजपाभित्र ठाकुरले एकलौटी पार्टी सञ्चालन गरेको आरोप लागिरहेका बेला उनको अभिव्यक्ति यस्तो आउनुले पनि आशंका उव्जाएको छ । राजपाभित्र पनि यो विषयले चर्चा पाएको स्रँेत बताउछ । त्यसैगरी, राजपा केही दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने गरी छलफल गर्ने तयारीमा जुटेको छ ।

 

मधेशको राजनीतिमा आफ्नो पार्टीको उपस्थिति कमजोर हुन थालेको महसुस गरेको राजपाले प्रतिपक्षीको मत कायम राख्दै संघीय समाजवादी फोरमलाई काउन्टर गर्न पनि सरकारबाहिर जान खोजेको बताइन्छ । तर, प्रदेश–२ को सरकारबाट भने अहिले राजपा नबाहिरिने भएको छ ।

 

खासगरी, सरकारलाई दिएको समर्थन फिर्ता गर्ने अनौपचारिक छलफलमा राजपाका शीर्ष नेताहरु लागेपछि यी प्रश्न उठ्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणबाट फर्केपछि एक चरण भेटघाट गर्ने अनि समर्थन फिर्ता लिने तयारीमा राजपा देखिएको स्रँेत बताउछ ।

 

केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राजपा आन्दोलनको तयारीमा लाग्नेछ । स्रोतका अनुसार, संविधान संशोधनको मुद्दा अगाडि नबढ्ने अवस्थालाई बहाना बनाएर समर्थन फिर्ता लिने तयारी गरेको छ ।

 

राजपा स्रोत भन्छ, त्यो आन्दोलन कहाँ पुग्ने र कहाँ पुगेर ‘बैठान हुने’ भन्ने पनि प्रष्ट छैन । मधेशको मानसिकता र चरित्र अति चर्को नाराको पछि लाग्ने रहेको छ । राजपा र संघीय समाजवावदी फोरमले त्यही चर्को नाराका कारण उनीहरुले मत बढी पाएका हुन् ।

 

अब अर्को चर्को मुद्दा के उठाउने भन्नेमा राजपाले नसोचेको बताइन्छ । तर, राजपाका अध्यक्ष्ँ मण्डलका संयोजक महन्थ ठाकुरले बेला बेलामा अन्टसन्ट बोल्दै आइरहेका छन् । वीरगञ्ज र वारा पुगेपछि ठाकुरले स्वतन्त्र मधेशको पक्षधर सिके राउतसंग छलफल भएको घुमाउरो पारामा सार्वजनिक अभिव्यक्ति दिए ।

 

पत्रकार सम्मेलनका क्रममा ठाकुरले यस्तो कुरा गरेपछि राजपाको राजनीतिक धार के हो भन्ने प्रश्न पार्टीभित्र उठाइएको छ । तर, पार्टीभित्र अहिले छलफल र अन्तक्र्रिया नभएको स्रँेत बताउछ । त्यसैकारण राजपाको अबको आन्दोलनको माग र ‘बैठान के हो’ भन्ने प्रश्न उठ्न थालेको हो ।

 

संविधान संशोधनका लागि संसदभित्र पहल नगर्ने तर आन्दोलनका लागि पृष्ठभूमि तयार गर्न लाग्न थालेपछि राजपाभित्र पनि आन्दोलनको विपक्षमा मत रहेको सो पार्टीका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...