निर्मला हत्याप्रकरणमा अब नेपाली सेना पनि जोडिने, अनुसन्धान गर्न यस्तोे माग



हाम्रो इकोनोमि

 

 

नेपाल मानव अधिकारी संगठनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रहरी अधिकारी र बम दिदीबहिनीसँगै निर्मलाका मामा र नेपाली सेनालाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ ।

 

घटनाको स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्दै संगठनले पन्त हत्याबारे प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, रोशनी बम र दिदी बबितासँगै निर्मलाका मामा तीर्थराज र नजिकै रहेको सेनाको ब्यारेकलाई घटनाबारे जानकारी रहेको दाबी गरेको हो ।

 

गठनले भनेको छ, उनीहरु उपर ठोस र प्रभावकारी अनुसन्धान भएन । मानव अधिकार संगठनले घटनाको प्रमाणहरु नष्ट गरिएको निर्दोषलाई यातना दिइएको र घटनाको अनुसन्धान दबाउन प्रहरी प्रशासन नै लागिपरेको निष्कर्ष समेत सुनाएको छ ।

 

उसले सबै स्रोत साधन प्रयोग गरी हत्यारालाई पत्ता लगाउन र निर्दोषलाई यातना दिने तथा अत्यधिक बल प्रयोग गर्ने प्रहरी प्रशासनका अधिकारीमाथि पनि कारबाही गर्न माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...