केपीलाई भेट्न प्रचण्ड छिरे बालुवाटार, माधव नेपाललाई फकाउने यस्तो छ तयारी



 

राष्ट्रसंघीय महासभामा भाग लिई विहीवार स्वदेश फर्किएका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीसँग भेटवार्ताका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

 

 

दुई साता अघि प्रधानमन्त्री ओली अमेरिका गएका थिए भने प्रचण्ड पत्नी सीता दाहालको उपचारको लागि सिंगापुर पुगेर असोज १५ मा स्वदेश फर्किएका थिए ।

 

 

दुबै अध्यक्ष विदेशमा भएको समयमा नेकपा भित्र विवाद सिर्जना भएको थियो ।

 

 

दुई अध्यक्षबीचको भेटमा विदेश भ्रमण पार्टी एकता, नेता माधबकुमार नेपालको असन्तुष्टि, सरकारको कामकारवाहीको विषयमा छलफल हुने जनाइएको छ ।

 

 

नेकपाका दुबै अध्यक्ष केपी ओली र प्रचण्ड विदेशमा रहेको समयमा वरिष्ठ नेता माधव कुमार नेपालले सरकारको काम कारवाहीका विषयमा असन्तुष्टि पोखेको र स्थायी कमिटीका नेतालाई चियापान गराएका थिए ।

 

नेता नेपाल विदेश रहेको समयमा सचिवालयले प्रदेश इन्चार्ज, सहइन्चार्ज चयन गरेको र आफू पक्षधर नेतालाई पाखा लगाइएको भन्दै असन्तुष्ट बनेका छन् । तर राष्ट्रसंघीय महासभाबाट बिहीबार स्वदेश फर्कने क्रममा प्रधानमन्त्री ओलीले मधाव नेपालसँग आफ्नो २९ वर्षदेखिको सम्बन्ध रहेको भन्दै उनले कवितात्मक रुपमा केही भनेको विषयमा फरक नपर्ने बताएका छन् । ओलीले एक दुई दिनभित्रमा पार्टीको तल्लातह सम्म एकता हुने बताएका छन् ।

 

असन्तुष्टि पोखे लगत्तै चीनको भ्रमणमा गएका नेता नेपाल पनि विहीबार साँझ स्देश फर्किएका छन् ।

 

दुई-चार दिनभित्रै नेकपाका जनसंगठनसहित सवै तहको एकता

 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जनसंगठनसहित सवै तहको साँगठानिक एकता टुंगो लाग्ने भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली फर्कनु भएलगत्तै नेकपाले साँगठानिक एकताको टुंंगो लगाउने गृहकार्य अघि बढाएको हो ।

 

अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, प्रचण्डले एकताकोखाका बनाउनेजिम्मेवारी महासचिव बिष्णु पौडेललाई दिइसक्नु भएको छ । सोहीअनुसार महासचिव पौडेलले आज-भोलि नै दुवै अध्यक्षलाई खाका बुझाउने बताइएको छ ।

 

स्वदेश फर्कने क्रममा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुई चार दिनभित्रै एकताको टुंगो लगाउने बताउनु भयो । तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचचुनावी तालमेल गर्ने बेलादेखि नै हुन्न हुँदैन,मिल्दैन भन्ने भनाई आइरहेको भन्दै ओलीले अवका दुई चारदिनभित्रै बाँकी रहेका एकता टुंगो लगाएर ब्यवहारबाटै जवाफ दिइने बताउनु भयो ।

 

‘चुनाव अगाडि तालमेलको करागर्दा तालमेन नै हुँदैन, तालमेल नै हुन्न, टिक्दैन तलतल मान्दैनन भन्ने कुरा आयो, तालमेल भयो, चुनावमा मिलेरगइयो, पार्टीकता हुन्छ भनियो, कसरी हुन्छ, हुँदैन भने, हामीले एकता गर्यौं अव साँगठानिक एकता हुँदैन भनिरहेका छन, त्यो पनि दुई-चारदिन पर्खनोस, त्योपनि टुंगिन्छ, त्यस्को पनि जवाफ ब्यवहारबाटै सिद्धिहाल्छ,’ ओलीले भन्नुभयो ।

 

नेकपाले गत असोज ५ गते सात ओटै प्रदेशमा इञ्चार्ज, अध्यक्ष, सहइञ्चार्ज र सचिव टुंगो लगाएको थियो । प्रदेश पदाधिकारीले स्थानीय तहसम्मका एकताप्रक्रियालाई अघि बढाइरहेको छ ।

 

असोज ५ गतेकै सचिवालय बैठकले जिल्ला र स्थानीय कमिटीको एकीकरणको जिम्मा प्रदेश कमिटीलाई दिनुका साथै एकताका लागि गठित कार्यदल बिघटन गरेको थियो ।

 

नेकपाका बिद्यार्थी, युवा, महिलासहित थुप्रै कार्यदलले बिवादका कारण आफ्नो प्रतिवेदन बझाउन सकेका थिएनन ।

 

नेकपाको सचिवालय बैठकले पतिवेदन बुझाउने कार्यदललाई धन्यवाद र नबुझाउनेको आलोचनासहित बिघटन गरेको हो । प्रधानमन्त्री ओलीले स्वदेश फर्कने क्रममा सरकारले अहिलेसम्म एउटा पनि नराम्रो काम नगरेको समेतप्रष्ट पार्नुभयो ।

 

‘यसबीचमा सरकारले देशभित्र र देश बाहिर नराम्रो काम एउटा पनि गरेको छैन, राम्रो गर्ने कोशिष गरेको छ,राम्रो गर्ने कोशिष गरेको छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्