मेयर र वडा अध्यक्षले घर भत्काएको भन्दै स्थानीय आन्दोलित



हाम्रो इकोनोमि

 

 

अरनिको राजमार्गस्थित काभ्रेको साँगा-बनेपा सडकखण्डको मापदण्डभित्र रहेका संरचना भत्काइएपछि बनेपा नगरपालिकाका मेयरमाथि स्थानीयले आक्रोश पोखेका छन्।

 

असोज १५ गतेदेखि अरनिको राजमार्गको मापदण्डभित्र रहेका घर-टहरा हटाउने क्रममा क्षतिपू्र्ति मुआव्जा नदिइ बनेपाका मेयर लक्ष्मी नरसिंहबादेले घरमा जबरजस्ती डोजर लगाएको आरोप लगाएका छन्।

 

कानुनअनुसार हामी राजमार्गको मापदण्ड छोड्न तयार छौं, तर खोइ क्षतिपूर्ति, त्यसै आएर डोजर लागाउने। बनेपा १४ का जीवन श्रेष्ठले भने, ‘मेयरले दसैं पछि भत्काउँछौ भनेर स्थानीलाई आश्वसान दिए।तर, एक्कासी घर पसलमा डोजर लगाइदिए।’

 

उनले दुखेसो पोख्दै भने, ‘सरकारले तोकेको क्षतिपूर्ति त पाउनु पर्‍यो, मान्छे थुतेर घर भत्काइ दियो, हाम्रो न घर रह्यो न व्यवसाय नै।न क्षतिपूर्ति, यो कस्तो अन्याय गरेको।’ त्यस्तै वडा अध्यक्षले दसैं पछि मात्र घर भत्काउने आश्वासन दिएर आफूलाई झुक्‍याएर बिनामुआव्जा घर भत्काएको स्थानीयको अरोप छ।

 

‘तपाईहरुको नक्सा र लालपूर्जा छ, केही हुँदैन, ढुक्क हुनुहोस्, भत्किए पनि दसैं पछाडी हो, अहिले केही हुँदैन भनेर भने।स्थानीय जयन्द्र श्रेष्ठले भने, ‘मेयर र वडा अध्यक्षको विश्वास गर्नाले घर गयो, व्यवसाय पनि रहेन।हामी बिचल्लीमा पर्‍यौं।’

 

आफूलाई सरकारले अन्याय गरेको भन्दै संघर्ष समिति बनाएरै आन्दोलन गर्ने पीडित स्थानीय बताउँछन्। ३१ साल अघि बनेका ५६ घरको मुआव्जा नदिइ भत्काएको भन्दै स्थानीय आक्रोशित भएका हुन्।

 

तर बनेपा नगरपालिका र डिभिजन सडक कार्यालय भक्तपुरले अरनिको राजमार्गको दायाँबायाँ मापदण्डभित्र रहेका घर-टहरा भत्काउन पटक-पटक सूचना जारी गर्दै आएको बताएको छ।

 

डिभिजन सडक कार्यालयले भदौ २८ गते अतिक्रमणमा परेका घर-टहरा हटाउन पन्ध्र दिने सूचना जारी गरेको थियो। सडक डिभिजनले अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दायाँबायाँ २५ गज सडक सिमानाभित्र रहेका घर-टहरा हटाउन सूचना जारी गरेको थियो।स्थानीयले भने घर-टहरा नहटाउन माग गर्दै अवरोध गरेपछि प्रशासन लगाएर सडक कार्यालयले घर-टहरा भत्काएको हो।

 

डिभिजन कार्यालयका अनुसार साँगा चोकदेखि बनेपा बजारसम्ममा अरनिको राजमार्गको मापदण्डभित्र पर्ने एक सय ५६ वटा घर भत्किने सडक डिभीजन भक्तपुरका प्रमुख गुरु अधिकारीले जानकारी दिए।

 

उनका अनुसार स्थानीय सरकार, प्रमुख जिल्ला अधिकारी र प्रहरीको समन्यवमा अतिक्रमण भएका घर-टहरा हटाएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयल क्षेत्रीय सडक निर्देशनालय डिभिजन सडक कार्यालय भक्तपुरले गत भदौमा २८ गते प्रकाशन गरेको सूचनामा अरनिको राजगर्मास्थित बनेपा नगरपालिकाको साँगा चोकदेखि चण्डेश्वरी खोलसम्ममा दायाँबायाँ २५-२५ गज अर्थात् ७५ फिट र चण्डेश्वरी खोलादेखि धुलिखेल चोकसम्म दायाँबायाँ २५-२५  मिटर अर्थात्  ८२ फिट छोड्नुपर्ने भन्दै पन्ध्र दिने सूचना निकालेको थियो। त्यही सूचनालाई लिएर राजमार्ग छेउछाउका स्थानीयले एउटै राजमार्गमा  फरक फरक मापदण्ड कायम गरेको भन्दै आक्रोशित भएका हुन्।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...