आईजिपी बर्खास्तको माग गरेपछि नेकपाका विद्यार्थी संगठनमा विवाद



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिसट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले निर्मला पन्त हत्या प्रकरणमा प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनालको बर्खास्ती माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएपछि विवाद उत्पन्न भएको छ ।

 

 

तत्कालिन एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीभित्र विवाद भएको हो । दुई पार्टी एकीकरण भएपनि भातृ संगठन एकीकरण भएका छैनन् । बिहीबार विहान अनेरास्ववियु अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले गृहमन्त्रीलाई भेटेर आईजिपीलाई बर्खास्त गर्न माग गरेको थियो ।

 

 

नेकपाबाट प्रतिनिधिसभा सदस्यसमेत रहेकी सांसद नविना लामासहित सत्तारुढ दलका विद्यार्थी संगठनले सरकारका एक सुरक्षा प्रमुखको राजीनामा र बर्खास्ती मागिनु सरकार विरुद्धकै कदम भएको भन्दै दुवै संगठनका अन्य नेताले आपत्ति जनाएका छन् ।

 

अनेरास्ववियुका महासचिव ऐन महर र अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले गृहमन्त्री समक्ष बुझाइएको ज्ञापनपत्र र आइजिपीको बर्खास्तीको माग संस्थागत निर्णय नभएको बताएका छन् । उनीहरुले सरकारको एउटा कर्मचारीको राजिनामा माग्ने काम संगठनले नगर्ने बताएका छन् ।

 

महासचिव महरले आईजीपी बर्खास्तीको माग व्यक्तिगत हुन सक्ने भन्दै संगठनमा त्यसबारे छलफल र निर्णय नभएको बताए । उनले केहीबेरमा संगठनको आधिकारिक धारणा आउने भन्दै पार्टी अध्यक्ष नेतृत्वको सरकार र पार्टी सचिवालय सदस्यले कमाण्ड गरेको गृह प्रशासनको सन्दर्भमा एउटा कर्मचारीको राजीनामा माग्ने विषय नभएको बताए ।

 

अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले दुवै विद्यार्थी संगठनको आधिकारिक छलफल, बैठक र निर्णयबिना केही व्यक्ति प्रतिपक्षभन्दा बढी प्रतिपक्ष भएर हल्काफुल्का रुपमा प्रस्तुत भएको टिप्प्णी गरेका छन् ।

 

पुनले सरकारविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको बेला प्रहरी प्रमुखको राजीनामाको मागपत्र बुझाउने शैली गलत भएको बताएका छन् । उनले दुईचार दिनको सस्तो लोकपि्रयतामा नलाग्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

 

यता अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने दुवै संगठनका पदाधिकारीको छलफलबाटै सो ज्ञापनपत्र बुझाइएको दावी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...