दिगम्बर झाको नियुक्तिबारे १५ दिनभित्र जवाफ दिन विकास समितिको निर्देशन



हाम्रो इकोनोमि

 

 

नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त दिगम्बर झाको नियुक्तिबारे जानकारी गराउन संसद्‌को विकास समितिले निर्देशन दिएको छ।

 

उक्त नियुक्तिबारे १५ दिनभित्र जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समितिले निर्देशन दिएको हो।

 

बैठकमा नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामा र नेकपाका सांसद यज्ञराज सुनुवारले झाको नियुक्तिबारे प्रश्न उठाएका थिए।

 

सरकारले यसअघिको आफ्नै निर्णय उल्ट्याउँदै झालाई भदौ २१ गते पुन: प्राधिकरणको नेतृत्व दिएको थियो।

 

सरकारले गत २० असारमा अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु एकमुष्ट खारेज गर्ने निर्णय अनुरुप झा पनि पदमुक्त भएका थिए। सरकारको निर्णयविरुद्ध झाले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट समेत हालेका थिए।

 

उक्त रिटमाथि सर्वोच्च अदालतले झाकै पक्षमा अन्तरिम आदेश नै जारी गरेको थियो। तर, पछि झा आफैंले सर्वोच्चमा दिएको निवेदन फिर्ता लिएका थिए।

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...