आज रातिबाट डिभि भर्न सकिने, फर्म भर्दा के गर्न हुँदैन ?



हाम्रो इकोनोमि

 

 

काठमाडौं-  सन् २०२० को लागि इलेक्टोनिक्स डाइभर्सिटी भिसा (डिभी) आजदेखि भर्न सकिने भएको छ। नेपाली समय अनुशार आज राती पौने १० बजेदेखि डिभि लोटरी भर्न सकिने छ। लोटरी अक्टोबर ३, २०१८ (२०७५ असोज १७) देखि नोभेम्बर ६, २०१८ (२०७५ कार्तिक २०) को राति १०:४५ सम्म भर्न सकिने छ। आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौँ अमेरिकी सरकारले प्रोत्साहन गरेको छ।

 

 

एक जना व्यक्तिले एक भन्दा बढी डिभि आवेदन दिएमा स्वत बदर हुने छ। यस्तै आवेदन आफै भर्न र यसको लागि शुल्क खर्च नगर्न समेत सुझाव दिएको छ।

 

 

अक्टोबरको ३ देखि डिभी लोटरी भर्नेहरुको रिजल्ट मे ७ २०१९ बाट आउन थाल्नेछ। डिभी लोटरी भर्नका लागि कुनै शुल्क बुझाउनु पर्दैन।  www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम निशुल्क भर्न सकिने छ।

 

 

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नु परे पनि छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना भने पठाइँदैन।

 

डिभी विजेताका रूपमा छानिँदैमा भिसा पाइने कुरा यसले प्रत्याभूत गर्दैन। भिसाका लागि अन्तर्वार्ता दिने मौका पाएमा कन्सुलर अफिसरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि ति व्यक्ति योग्य छन् कि छैनन् भन्ने निर्क्यौल गर्ने छन्।

 

यसरी गर्नु भयो भने आवेदन अयोग्न हुने छ

 

पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ। उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ।

• परिवारका अयोग्य सदस्यको विवरण समावेश गर्न नहुने : सन् २०२० को डाइभर्सिटी भिसा कार्यक्रमका हकमा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ, जसअनुसार मुख्य आवेदकले अयोग्य पति/पत्‍नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अबदेखि अयोग्य ठहरिनेछ।
• एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन्।

 

• हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ। फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ। फोटो खिच्दा आवेदकहरूले चश्मा वा टोपी लगाउनु हुँदैन।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...