निर्मला पन्तको विषय अनावश्यक उचालियो भन्दै रिसाए गृहमन्त्री



हाम्रो इकोनोमि

 

 

कञ्चनपुरकी निर्मला पन्तको विषयलाई अनावश्यक रुपमा उलाचेलेर राजनीतिकरण गरिएको भन्दै गृहमन्त्री रामबहादुर थापाले असन्तुष्टि व्यक्त गरेका छन् ।

 

घटनाको अनुसन्धान अघि बढाएर सरकारले आफ्नो काम गरिरहेका बेला निर्मला हत्याकाण्डलाई जोडेर अपराधमाथि राजनीतिकरण गरिएको उनको जिकीर छ ।  बुधबार चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले काम गर्दा गर्दै पनि सरकार विरोधी शक्तिले घटना उचालेको बताए ।

‘छानविन गरेर अपरधीलाई कानुनको दायरामा ल्याउने प्रयत्न हुँदा पनि यो विषयलाई उचालिएको छ’ उनले भने ‘यसलाई अनावश्यक रुपमा राजनीतिकरण गरिँदैछ ।’ निर्मला पन्त हत्याको विषयलाई लिएर गठित उच्चस्तरीय छानविन समितिले प्रतिवेदन बुझाइसकेको जानकारी दिँदै त्यो सार्वजनिक गरी अपराधी पक्राउ गरिने गृहमन्त्री थापाले बताए । छानबिन समितिको प्रतिवेदनको आधार बनाएर अनुसन्धानको प्रकृया तीब्र पारिएको उनको भनाइ थियो । साथै दोषी छिट्टै पत्ता लाग्ने पनि थापाको आशा छ ।

निर्मला पन्त जस्तै दिनहुँ सयौंको संख्यामा बलात्कृत हुने भएकाले सरकार त्यसको नियन्त्रणमा लागि परेको थापाले बताए । ‘अनुसन्धान नथालेको भए, दोषी बचाउने काम गरेको भए पो सरकारले आफ्नो दायित्व पूरा गरेकौ छैन भन्न मिल्थ्यो’ मन्त्री थापाले भने ‘जसरी विषयलाई उचालिएको छ यसबाट अपराधलाई राजनीतिकरण भएको छ ।’

घरेलु हिंसाका कारण महिला हिंसा बढेको भन्दै मदिराको विक्री वितरणमा नियमन गरेर व्यवस्थित गरिने उनले बताए । यस्तै साढे ३३ किलो सुन प्रकरणको अनुसन्धान पनि जारी रहेको मन्त्री थापाले बताए । त्यसअघि पनि चार हजार किलो सुन तस्करी त्यसरी नै  हुने गरेको तथ्य गृह प्रशासनले पत्ता लगाएको भन्दै तस्करको जालो भत्काएको दाबी गरे । ‘साना-ठूला माछा जालमा परिसकेका छन्, कतिपय जालमा आउन बाँकी छन्,’ थापाले भने ‘सबैलाई कानुनको घेरामा ल्याउन प्रकृया अघि बढिरहन्छ।’

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...