गंगामायाका जेठा छोरा नुरप्रसाद अधिकारीलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा चलाउने यस्तो छ तयारी



हाम्रो इकोनोमि

 

 

 

आफ्नो पक्षले मुद्दा हारेपछि इजलास तोडफोड र आक्रमण गरेका नुरप्रसाद अधिकारीलाई प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको तयारी गरेको छ। प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

उच्च अदालत पाटनका इजलास अधिकृत रोशन बस्नेतमाथि ज्यान लिने उदेश्यले कुर्सी हानेको तथा इजलास तोडफोड गरेको अभियोगमा अधिकारी पक्राउ परेका थिए। अधिकारीलाई असोज ७ गते नियन्त्रणमा लिएको थियो। प्रहरीले अदालतको पत्राचार अनुसार ज्यान मार्ने उद्योगमा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले जानकारी दिए।

उच्च अदालत पाटनमा बिन्दु धतानी सुनार वादी रहेको मुद्दामा अधिकारी वारेस थिए। अदालतले जिल्ला अदालतकै आदेश सदर गरेपछि बिन्दुले मुद्दा हारेकी थिइन्। मुद्दा हारेपछि वारेस बसेका अधिकारीले इजलास तोडफोड गरेका थिए। कम्युटर, दराज तोडफोडसँगै उनले इजलास अधिकृत बस्नेतमाथि कुर्सी प्रहार गरेका थिए।

अधिकारी गोरखा फुजेल हत्याकान्डका दोषीलाई कारबाहीको माग गर्दै लामो समय अनशन बसेकी गंगामाया अधिकारीका छोरा हुन्।

यसअघि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गत साउन २० गते बेपत्ता रहेका नुरप्रसादलाई नियन्त्रणमा लिएर आमा गंगामाया अनशनरत रहेके स्थल वीर अस्पतालमा पुर्यासएको थियो। भाई कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको चितवन जिल्ला अदालतनमा सुनुवाइ हुँदा पनि जाहेरवाला रहेका उनी अनुपस्थित थिए। जाहेरवाला अनुपस्थित भएकै कारण देखाएर अदालतले आरोपितलाई सफाई दिएको थियो।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...