५ किलो सुनसहित एक जना पक्राउ



हाम्रो इकोनोमि

 

 

३८ क्विन्टल सुन तस्करीका आरोपीहरु धमाधम एकपछि अर्को छुटिरहेका बेला काठमाडौंको बालाजुबाट पाँच किलो सुनसहित एक जना पक्राउ परेका छन् ।

 

महानगरीय प्रहरी परिसरको टोलीले बालाजुको तीनपिप्लेमा चेकजाँच गर्दा सोमबार बेलुकी पाँच किलो सुन बरामद भएको परिसरका डीएसपी होमेन्द्र बोगटीले जानकारी दिएका छन् ।

प्रहरीले पाँच किलो सुनसहित रसुवाका १८ वर्षीय सोबहादुर तामाङ पक्राउ गरेको हो । उक्त सुन रसुवागढी नाकाबाट भित्र्याइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति भरिया मात्र रहेको र सुन धनी अर्कै व्यक्ति रहेको अनुमानमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

प्रहरीले आज (बुधबार) ११ बजे पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक जनाएको छ । यसअघि ९ असोजमा रसुवाढी नाकाबाटै अवैधरुपमा भित्र्याइएको तीन किलो सुनसहित टोखाबाट दुई जना पक्राउ परेका थिए ।

सोमबार पनि त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक विडेश भुनियालाई २ सय ७ ग्राम अवैध सुनसहित प्रहरीले पक्राउ गरेको थियो । ३८ क्विन्टल सुन तस्करीको अनुसन्धान निष्कर्षमा पुग्नुको साटो पक्राउ परेकाहरु समेत धमाधम छुट्न थालेपछि संगठित सुन तस्करीका गिरोहमा मनोवल बढेको देखिएको छ ।

३८ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानमा देखिएको कमी–कमजोरी र सुरक्षा निकायको कमजोरीको फाइदा उठाउँदै अहिले सुन तस्करीको सञ्जाल थप सचेत र व्यवस्थित भएर सुन तस्करीमा लागिरहेको स्वयम् सुरक्षाकर्मीहरु जनाउँछन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...