मोरङको प्लाष्टिक उद्योगमा महिलाको मृत्यु



हाम्रो इकोनोमि

 

 

मोरङको बुढीगंगा गाउँपालिका- ३ स्थित इस्ट एसिया प्लाष्टिक उद्योगको मेसिनमा ठोक्‍किएर एक महिलाको मृत्यु भएको छ।

 

टुलिटर प्लान्ट ब्लो मेसिनमा ठोक्‍किएर खोटाङ बाक्सिलाकी ३४ वर्षीया सरिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही उद्योगमा मजदुरका रुपमा कार्यरत तामाङ बुढीगंगा- ३ मा बस्दै आएकी थिइन्।

 

प्रहरीका अनुसार बोतल टिप्नका लागि भँइमा निहुरिएको बेला चालु अवस्थामा रहेको मेसिनमा महिलाको टाउको ठोक्‍किएको थियो।

 

टाउको ठोक्‍किएर गम्भीर घाइते तामाङको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...