कर्मचारीमाथि हतियार प्रहार गर्ने पक्राउ



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि खटिएका कर्मचारीलाई बामफोक प्रहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। विवरण संकलन गर्न खटिएका निराजन अधिकारीलाई टाउकोमा फलामको बामफोट प्रहार गरेको आरोपमा फालेलुङ-१ का चालिस वर्षीय हरिसचन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

 

विवरण संकलनका लगि खटिएका अधिकारीलाई खड्काले टाउकोमा बामफोक प्रहार गरी घाइते बनाएका थिए। घाइते अधिकारीको थप उपचार भइरहेको प्रहरीले जनाएको छ। फालेलुङ- १ स्थित खड्काकै घरमा बेलुकाको खाना खाएर उठ्ने क्रममा अधिकारीमाथि बामफोक प्रहार भएको जिल्ला प्रहारी कार्यालय पाँचथरका प्रहारी नायब निरीक्षक विष्णु खड्काले जानकारी दिए।

 

स्थानीयका अनुसार मदिरा सेवान गरी बसिरहेका बेला वादविवाद भएपछि खड्काले अघिकारीमाथि बामफोक प्रहार गरेका थिए।प्रहरीले खड्डकालाई पक्राउ गरी अनुसन्धान भइरहेको बाताइएको छ।

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...