विष्णु रिमालले यस्तो भनेपछि योगेश भट्टराईको आयो यस्तो जवाफ



हाम्रो इकोनोमि

 

नेकपा असन्तुष्ट समूह औपचारिकरुपमा प्रकट भएको छ चियापानको जमघटमा । यो असन्तुष्ट समूहले नेकपाको राजनीतिमा कति प्रभाव पार्न सक्छ ? भन्ने प्रश्न नेकपामा उठ्न थालेको छ । पार्टीको सचिवालयको बैठकले प्रदेशका इञ्चार्जहरू तोक्ने निर्णय गरेपछि माधव नेपालको असन्तुष्टि चुलियो । अफ्रिका भ्रमणमा रहेका माधव नेपालसँग छलफल भएपनि उनको अनुपस्थितमा बसेको बैठकले सातै प्रदेशमा नेपाल पक्षलाई सोत्तर पार्ने निर्णय ग¥यो ।

 

त्यसपछि उधुम रिसाएका नेता माधव नेपालले इन्द्रेणी फुडल्याण्डमा २०७५ असोज १२ गते स्थायी समिति सदस्यलाई चियापानका लागि बोलाए । अनि आफ्नो असन्तुष्टि पोखे । तर, यो राजनीतिकरुपमा कति प्रभाविलो गतिविधि हुने हो भन्ने चाहिं प्रश्न छ । यो भनेको नेपालको पक्षमा देखिने शक्तिसँग पनि जोडिनेछ ।

 

यही गतिविधिलाई प्रधानमन्त्रीका  राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘‘मानिसको पतन त्यस समय शुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसंग सल्लाह लिन शुरू गरिन्छ †’’ ट्वीट गरे । अनि त्यसको प्रतिवादमा योगेश भट्टराईले पनि ‘‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन † कठै दोषी चस्मा’ भनेर दह्रो टिप्पणी गरे । यो भनेको औपचारिकरुपमा असन्तुष्टको समूह खडा हँुदैछ भन्ने संकेत नै हो ।

 

असन्तुष्टको प्रभाव कति पर्छ ? भन्ने विषयलाई विश्लेषण गर्दा अहिले माधव नेपापलको पक्षमा जति स्थायी समितिका सदस्य देखिए पनि प्रचण्डको भूमिकाले महत्व राख्ने छ । प्रचण्डले २०७५ असोज ९ गते सम्पादकहरूको भेटमा सरकारले काम गर्न नसकेको भन्दै गम्भीर छलफल आवश्यक रहेको बताएका थिए ।

 

अनि सरकारको कामकारबाही बारे पार्टीभित्र छलफल गरेर गम्भीर निर्णय लिने बताइरहँदा केपी ओलीसँग असन्तुष्ट र मनभेद रहेको पुष्टि हुन्थ्यो । तर, त्यतिनै बेला प्रचण्डले सम्पादकहरूलाई भनिदिए ‘म केपी ओलीविरुद्ध षडयन्त्र गर्दिन ।’

 

त्योसँगै प्रचण्डले थप पनि भने कि ‘ओली र आपूmबीच प्रधानमन्त्री आलोपालो हुने सहमति छ । नेतृत्वमा पनि त्यस्तै कुरा भएको छ ।’ त्यो भनेको प्रचण्ड असन्तुष्ट भएपनि केपी ओलीलाई चिढ्याएर जाने पक्षमा छैनन् ।

 

त्यो अवस्थामा माधव नेपालको असन्तुष्टिले मात्रै पनि पार्टीको समीकरणमा उथलपुथल पार्ने छैन । नेकपा दुई अध्यक्षले पेलेर जान पनि सक्छन् । त्यतिबेला असन्तुष्ट नेताहरू खासै कुनै प्रतिक्रिया दिने अवस्थामा नहुन पनि सक्छन् ।

 

तर, नेपालकै समूहको प्रदेश इञ्चार्ज बैठक आश्चर्य चाहिं के भइदियो भने माधव नेपाल प्रदेश इञ्चार्ज तोकिएको निर्णयबारेमा असन्तुष्ट जनाइरहँदा उनकै समूहबाट प्रदेश इञ्चार्ज पाएका नेताहरूले प्रदेशको बैठक बसाए । जबकि अन्य प्रदेशको बैठक नै बसेको छैन ।

 

प्रदेश–१ मा भीम आचार्य, प्रदेश–३ मा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेशमा भीम रावलले प्रदेश कमिटीको बैठक बोलाए । अनि जिल्लालाई सर्कुलर गराए एकताको प्रक्रिया टुंगो लगाउन । यो आफैमा अमिल्दो विषय थियो । तर, यो विषयमा नेता नेपालले खास केही बोलका छैनन् ।

काबा नपाउदाको झोँक 

खासमा नेपालको असन्तुष्टि भनेको कार्यबाहक अध्यक्ष नपाउँदाको झोँक चाहिं सबैभन्दा ठूलो हो । एक समय पहिला ओली र प्रचण्ड दुवै जना विदेशमा रहँदा नेपालले कार्यबाहक पाएका थिए । पेरिस डाँडामा बैठक पनि बोलाएका थिए । तर, यो पटक कार्यबाहक पाएनन् । पहिले केपी ओली अमेरिकातिर लागे । अनि प्रचण्ड सिंगापुरतिर लागेका थिए ।

 

अध्यक्ष ओलीले कार्यबाहक दिने अवस्था थिएन । कार्यबाहक दिनुपर्ने प्रचण्डले थियो । प्रचण्ड कार्यबाहक दिन अभ्यस्त भएका नेता पनि होइनन् । मूडको भरमा पार्टी चलाउँदै आएका प्रचण्डलाई त्यो सोच पनि आएन होला । नेपाललाई यसमा बल दिने भनेको नारायणकाजी श्रेष्ठले  हो । किनभने श्रेष्ठले प्रदेश–२ मा विश्वनाथप्रसाद सिंहलाई इञ्चार्ज बनाउन माग गर्दै आएका थिए ।

 

त्यहाँ ओलीले सत्यनारायणा मण्डललाई बनाए । अनि वामदेव गौतम ओली र प्रचण्डसँग अलिक रिसाएका छन् डोल्पामा उपनिर्वाचन प्रकरणबाट ।

 

डोल्पाको उपनिर्वाचन हुन नदिने ओली पक्षले भूमिगत शैलीमा माहोल विगारेको गौतमको बुझाई रहेको बताइन्छ । त्यसपछि गौतमले थोरै साथ माधव नेपाललाई दिएको पनि चर्चा छ । तर, यो दीर्घकालीन भने हुन सक्छ कि सक्दैन भन्ने चर्चा पनि नेकपामा गरिदैछ ।

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...