नेकपाको केन्द्रीय सदस्य बढ्ने, ५०० बनाउने यस्तो छ तयारी, नेपाल गुटको पनि समर्थन



हाम्रो इकोनोमि

 

एमाले र माओवादी केन्द्र एकतापछि नेपाल कम्युनिष्ट पार्टी बन्यो । पार्टी एकता भएको चारमहिनासम्म पनि पोलिटब्यूरो बनेको छैन । पार्टीको केन्द्रीय कमिटी चार सय ४१ सदस्यीय बनेको छ । त्यसमा महिलाको संख्या न्यून भएको भनी विरोध हुँदैआएको छ । महिलाको संख्या थप्नका लागि केन्द्रीय समिति अझै थप हुने कुरा नेताहरूले नै चुहाउने गरेका छन् ।

 

केन्द्रीय समिति गठन गर्दा पार्टीमा लामो इतिहास र योगदान भएकाहरूलाई नसमेटिएकोमा पूर्वएमालेभित्र असन्तुष्टि कायमै छ । पूर्वएमालेमा राजनीतिकरुपमा कसैको भन्दा कम योगदान नभएका पुरुषोत्तम पौडेल, सोभियत ढकाल, दीपकप्रकाश भट्ट, योगेन्द्र शाही, कृष्ण पौडेल, राजनाराण साहहरू केन्द्रीय सदस्यमा अटाउन सकेनन् ।

 

तर, चुरेभावर पार्टीबाट २–४ जना लिएर चुनावअघि एमालेमा प्रवेश गरेका बद्री न्यौपाने केन्द्रीय सदस्य भएका छन् । युवानेता सोभियत ढकालको नाम काटेर उनलाई केन्द्रीय सदस्य बनाइएको थियो ।

 

नवौं महाधिवेशनमा निर्वाचन मण्डलका प्रमुख सोमनाथ प्यासीले उनलाई ८ सय ८६ मत प्राप्त गरी केन्द्रीय सदस्यमा बिजयी घोषणा गरे । उनीभन्दा ७ मत कम पाएका खेम लोहनीलाई भोलिपल्ट बिजयी घोषणा गरिएको थियो । अघिल्लो दिन निर्वाचन आयोगले ढकालको मत ८७६ र लोहनीको ८७९ मत पाएको घोषणा गरेको थियो ।

 

तर रातारात उनको मत घटी देखाएर लोहनीलाई बिजयी घोषणा गरिएको थियो । निर्वाचन आयोगले बिजयी घोषणा गरेपछि ढकाललाई बधाईको ओइरो लाग्यो । साथीभाइहरूले भोजभतेर गरे । तर त्यो खुसी क्षणभंगुर सावित भयो । उनीमाथि यो पहिलो अन्याय थियो ।

 

त्यसपछि नेकपाको पार्टी एकता भएपछि ४ सय ४१ सदस्य केन्द्रीय कमिटीमा उनको नाम परेको भनेर पार्टीका धेरै नेता र कार्यकर्ता तथा जिल्लाबासीले बधाइ दिए । १८० जना उनका शुभचिन्तकहरूले उनलाई सामाजिक संजालमा फोटो राखेर बधाइ दिएका स्टाटस राखे ।

 

तर उनको नाम काटेर बद्री न्यौपानेको नाम राखियो । बरु सुरुमै नाम नराखेको भए उनलाई त्यति पीडा हुँदैनथ्यो, तर नाम राखेर काटिएपछि उनकी मुटुको अप्रेसन गरेकी आमाले १ साता त खाना समेत नखाएको नमीठो पीडा उनले सहेका छन् ।

 

ढकालमाथि अन्याय र अपमानको श्रृंखला यतिमा मात्र सीमित छैन, वाम गठबन्धन बनेपछि भएको चुनावमा उनी स्याङ्जाको क्षेत्र नम्बर २ को प्रदेश ख बाट उम्मेदवारका सशक्त दाबेदार थिए । ढकाललाई उम्मेदवार बनाए जित्ने देखिएपछि उक्त प्रदेशमा एमालेको कोटा काटेर माओवादीका सुरज गैरेलाई दिइयो । फलस्वरुप उक्त प्रदेशमा वामगठबन्धनका उम्मेदवार गैरे हारे ।

 

स्याङ्जामा माओवादीको जनमत नभएकाले हार्ने देखीदेखी नेतृत्वले ढकाललाई बन्चित गर्न त्यसो गरिएको समयक्रमले पुष्टी गरेको छ । प्रतिनिधिसभाको चुनाव लड्दै गरेकी वर्तमान भूमिब्यवस्था मन्त्री पद्मा अर्यालले ढकाललाई उम्मेदवार दिइए संभावित बुथकब्जादेखि आर्थिक स्रोतको ब्यवस्थापन सहज हुने आशा गरेकी थिइन् । तर फरक गुटमा भएकै कारण उनीमाथि बन्चरो चलाइयो । र, प्रदेशको टिकटबाट बन्चित गरियो ।

 

यसरी पटक पटक अन्यायमा पारिएका ढकालदेखि पुरुषोत्तम पौडेल, दीपकप्रकाश  भट्ट, योगेन्द्र शाही, कृष्ण पौडेल, राजनारायण साहहरूलाई पनि पारेको खण्डमा पार्टी थप बलियो हुने अपेक्षा एमाले पंक्तिभित्र गरिएको छ ।

 

जनविकास मावि पाल्पामा अध्ययन गर्दादेखि अखिलमा संगठित भएका सोभियत ढकाल एमालेभित्र पटक पटक अन्यायमा पारिदैआएका छन् । उनी २०५० मा पाल्पा अखिलको सदस्य, २०५२ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सदस्य, ०५४ मा पीएन क्याम्पसको प्राक अध्यक्ष, ०५५ देखि अखिल केन्द्रीय सदस्य ३ कार्यकाल भए ।

 

त्यसपछि अनेरास्ववियुको सचिवालय सदस्य र उपाध्यक्ष भई जनकपुर महाधिवेशनबाट अध्यक्षमा झिनो मतले पराजीत भएका थिए । एमालेको गण्डकी अञ्चल सचिवालय सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य समेत भए । एकता नहुन्जेल उनी एमालेको राष्ट्रिय हित सुरक्षा विभागको सचिव थिए ।

 

यसरी योगदान, क्षमता र योग्यता भए पनि गुटगत आधारमा अन्यायमा पारिएका ढकाल लगायतका नेताहरूले अबको केन्द्रीय समिति विस्तारमा अवसर पाउने अपेक्षा गरेका छन् । पार्टी एकताअघि नै एमाले प्रवेश गरेका न्यौपानेलाई केन्द्रंीय सदस्य बनाइयो ।

 

भोलि नेकपा कमजोर भए न्यौपाने अर्को बलियो पार्टीमा हाम्फाल्नेछन्, त्यतिबेला नेकपाको लागि आवश्यक पर्ने सोभियत ढकालदेखि दीपकप्रकाश भट्ट नै हुन् । उनीहरू अपमान र अन्याय सहेर पनि पार्टीकै हितमा लागिरहेका छन् ।

 

पार्टीसहित बिलय गरेका युवा पुण्य गौतम विश्वासको नाम पनि अन्तिममा आएर नेकपाको केन्द्रीय सदस्यबाट काटिएको थियो ।

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...